३ आश्विन २०८१, बिहीबार

नेकपा दाङद्वारा सहिद महानको शालिक बनाउने अभियान सुरु

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान) को शालिक निर्माण अभियान सुरु गरेको जनाएको छ ।

बुधबार शालिक निर्माणका लागि सार्वजनिक जग्गा लगाएतका बिषयमा पार्टीले विभिन्न व्यक्तिहरुसंग भेटघाट गरेको हो ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सी सहितको टोलिले बुधबार बबई गाउँपालिका -३ का वडा अध्यक्ष मान बहादुर केसीलाई वडा कार्यालयमै भेटेर शालिक निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराइदिन लगाएतका बिषयमा छलफल गरेक ा छन् ।

भेटघाटको क्रममा सेक्रेटरी तिलक सीले सहिदहरु सबैका साझा सम्पती भएकाले जिल्ला पार्टीको निर्णयमा एकीकृत जनक्रान्तिका सहिद महानको शालिक निर्माण गर्न लागिएको बताएका थिए  ।

यस्तै वडा अध्यक्ष मान बहादुर केसीले शहिदको शालिक निर्माणका बिषयमा आफू सकारात्मक रहेको र वडाले शालिक निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने बताएका थिए  ।

साथै उनले पार्टीका सेक्रेटरी तिलक सीसंग नेपालको दोहोरो शिक्षा नीति र निजि अस्पताल र बोर्डिङ स्कुलहरुमा भइरहेको लुटपाटका विरुद्धमा पार्टी लड्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।

उनले कम्युनिस्टहरुले गरिब, श्रमजीवी र सर्वहाराको नेतृत्व गर्छु भनेपनि त्यो व्यवहारमा नदेखिएको भन्दै गुनासो पोखेका थिए ।

यस्तै नेकपाका जिल्ला सेक्रेटरी तिलक सीले वडा अध्यक्ष केसीको सुझाव सकारात्मक भएको र आफ्नो पार्टी यी तमाम समस्याहरुको निकासका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्न संघर्ष गरिरहेको स्पष्ट पारेेका थिए ।

नेकपा दाङले एकीकृत जनक्रान्तिका सहिद महानको शालिक महानकै बुवाको स्मृतिमा नामाकरण गरिएको ज्वाला मार्गमा शालिक बनाउने बताएको छ ।

तत्कालीन केपी वली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछि त्यसको प्रतिरोध गर्ने क्रममा महानको २०७६ जेठ १२ गते काठमाडौंमा सहादत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।