८ फाल्गुन २०८१, बिहीबार

जनयुद्ध दिवसको अवसरमा नेकपाद्वारा सहिदका छोराछोरीलाई फलफुल वितरण

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले जनयुद्ध दिवसको अवसरमा सहिदका छोराछोरीलाई फलफुल वितरण गरेको छ ।
बिहीबार पार्टीले दाङको तुलसीपुरस्थित सहिद स्मृति आवासीय माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई फलफुल वितरण गरेको हो ।

नेकपाले ३०औं जनयुद्ध दिवसको अवसरमा महान जनयुद्धका सहिदहरुका सन्ततिसंग दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै खुशियाली साट्न विद्यालय पुगेको जनाएको छ ।

नेकपाले विद्यालयका करिव ४५० जना विद्यार्थीका लागि उपलब्ध गराएको फलफुल विद्यालयका प्रअ नारायण पौडेललाई हस्तान्तरण गरिएको थियो ।

फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सी, पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी लगाएतको आतिथ्यता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।