३१ भाद्र २०८१, सोमबार

जुम्ला-काठमाडौं समाजवादी मञ्चको प्रथम भेलाबाट रमेश सी अध्यक्षमा निर्वाचित

0

काठमाडाैँ/ जुम्ला-काठमाडौं समाजवादी मञ्चको प्रथम भेलाबाट रमेश सीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । बिहीबार काठमाडौंको आर.आर क्याम्पसमा सम्पन्न भएको उक्त सम्पर्क मञ्चको प्रथम भेलाबाट उक्त कार्यसमिति गठन गरेको हो ।

मञ्चको कार्यक्रममा प्रमुख अतिथिमा रहेका नेकपाका स्थायी समिति सदस्य सुशील सीले नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि सबै मोर्चा खुल्ला गरी ८४ काे निर्वाचन प्रयोग गर्ने बताएका छन् ।

उनले पार्टीको निर्णय अनुसार मञ्चले जनताको सेवा र जनसंघर्षका कार्यक्रम अगाडि बढाउने, समाजवादको जनमत सिर्जना गर्ने, माओवादी र वामपन्थी घटकका बिचमा एकता ध्रुवीकरण गर्नुका लागि जुम्ला-काठमाडौं समाजवादी मञ्चले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए ।

त्यसैगरी सम्पर्क मञ्चको प्रथम भेलाबाट निर्वाचित अध्यक्ष रमेश सी (विक्रान्त) ले प्रतिबद्धता मन्तव्य राख्दै एकपटक काठमाडौं रहेर जुम्लाका जनताको र देशैभरीका काठमाडौंमा विभिन्न काममा आउने जनतालाई सेवा गर्ने अवसर पाएको र जिम्मेवारीमा निरन्तरता दिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले एकपटक जुम्लाले काठमाडौंलाई जित्नु पर्ने त्यसका लागि वर्तमान राज्यव्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवादी व्यवस्था प्राप्त गर्न जुम्लाका पछिल्लो पुस्ताले नेतृत्व लिनुपर्ने र निरन्तर जुम्ली जनताको अधिकारका लागि मञ्चले सबैलाई एकताबद्ध गर्ने बताए ।

उक्त भेलाबाट उपाध्यक्षमा संजिता सी, सचिवमा महेश सी, सह-सचिवमा राजेन्द्र सी, कोषाध्यक्षमा चन्द्र बहादुर सी लगायत २१ सदस्यीय समिति चयन भएको छ ।

मञ्चको उक्त भेलामा नेकपासंग आबद्ध विभिन्न मोर्चा तथा जनवर्गीय संगठनका नेताहरुको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।