
जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई जुम्लामा स्थानीयले जिल्लाको धाँचुगाउँमा भव्य स्वागत गरेका छन् ।
पार्टीको आत्मनिर्भर उत्पादन नीति अनुसार स्याउ रोप्न शुक्रबार साँझ धाँचुगाउँ पुगेका महासचिव विप्लव सीलाई जुम्ली जनताले भव्य स्वागत गरेका हुन् ।
महासचिव विप्लव सी रोल्पा, रुकुम, दैलेख, कालिकोट हुँदै शुक्रबार साँझ धाँचुगाउँ पुगेका हुन् ।
महासचिव विप्लव सीलाई स्थानीयले बाजा गाजासहित भव्य स्वागत गरेका छन् । महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, महासचिव विप्लवको जीवनसंगीनी सहितको टिमलाई जुम्लाका जनताले भव्य स्वागत गरेको नेकपाले जनाएको छ ।
महासचिव विप्वल सीसहितको टिमलाई बाजा गाजा, हुडके नाचसहित फुलमाला र अविरले न्यानो स्वागत गरेका हुन् ।
सर्वहारा श्रमजीवी जनताको नेताको रुपमा परिचित महासचिव विप्लव एकवर्ष अघि मात्र जुम्लाको धाँचुगाउँमा पार्टीको उत्पादन नीतिअनुसार स्याउ रोप्न पुगेका थिए । विप्लवसहित सहभागी टिमले हाँडुलेमा स्याउ रोपेको थियो । यतिबेला पनि स्याउ रोप्न पुगेका छन् ।
जुम्लाका जनताले फेरिपनि महासचिव विप्लवसहितको टिम आत्मनिर्भर उत्पादनको नीति लिएर स्याउ रोप्ने योजनासहित जुम्ला पुगेकोमा खुसीले गदगद हुँदै भव्य स्वागत गरेको बताएका छन् ।
यो स्वागतले नेकपाको काँधमा नयाँ जिम्मेवारी थपिएको र जुम्लाका जनताको क्रातिन्तकारी विचारको पार्टीले सधै सम्मान गर्ने महासचिव विप्लवले बताए ।
स्वागतपछि संक्षिप्त मन्तव्य दिएका महासचिव विप्लवले जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गरे ।
उनले न्यानो माया दिएर स्वागत गर्ने जनतालाई विशेष धन्यवाद समेत दिए । महाससचिव विप्लवले शनिबार स्याउ रोप्ने कार्यक्रमसंगै ५ दिनदेखि जुम्लामा जारी नेकपाको स्कुलिङ्ग कार्यक्रमको समापनसमेत गर्नेछन् ।