
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनकम्युनमा महासचिव विप्लव सीलाई स्थानीय जनताले स्वागत गरेका छन् ।
अर्घाखाँचीस्थित शितगंगा नगरपालिकामा रहेकाे पार्टी जनकम्युनमा महासचिव विप्लवसहित नेकपा पिबिएमहरु भेषराज सी, प्रज्वलन, केन्द्रीय सदस्यहरु सुन्दर सी, सुदर्शन सी, प्रयास सी, केन्द्रीय प्रतिनिधि सदस्य विमर्श सीलागयायत टीमलाई स्थानीयले स्वागत गरेका थिए ।
महासचिव विप्लव सीलगायतकाे टीम जनकम्युनमा आलु राेप्न पुगेका हुन् ।
नेकपाले अहिले देशभर करिब ५० बिगाह जमिनमा आलु राेप्ने अभियान शुरु गरेकाे छ ।
आलु राेप्ने क्रममा महासचिव विप्लव सीलगायतकाे टीम अर्घाखाँची जनकम्युनमा पुगेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्