
नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्ण पार्टीपंक्ति, जनसमुदायमा सचेत रहन आग्रह गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी साेनाम सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अपचलन, विचारहीन गुटबन्दी, संगठन विरोधी गतिविधि गर्ने किरण, नारायण र दिपकलाई निष्कासन गरिएको जानकारी गराएका छन् ।
आर्थिक विभागमा रहेका नारायणलाई पहिलेदेखि नै पार्टी विधि पद्धतिविपरित पार्टीको नाममा विभिन्न निकायहरूसँग आर्थिक संकलन गरी चरम हिनामिना गरेको प्रमाणित भएपछि उनलाई पहिल्यै जिम्मेवारीबाट मुक्त गरिएको थियो ।
अन्य १२ जनाको राजनीतिक स्वतन्त्रता हनन हुनेगरी किर्ते हस्ताक्षर भएको भन्दै नेकपा सिन्धुपाल्चोक जिल्लाले अन्य सदस्यहरुको जानकारी, सहमति वा वैचारिक निर्णय नरहेको पुष्टि भइसकेको जनाएको छ ।