१० असार २०८२, मंगलवार

मार्क्सवादी विचार मञ्चद्वारा नेकपाका संस्थापक नेता पुष्पलालका योगदानबारे चर्चा

0

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानबारे बुटवलमा चर्चा गरिएको छ । माक्र्सवादी विचार मञ्च नेपाल २०५९ ले शनिबार बुटवलमा आयोजना गरेको पुष्पलालका योगदान विषयक अन्तरक्रियामा पुष्पलालको स्मरण गर्दै उनको चर्चा गरिएको हो ।
मरेर पनि बाचिरहेका पुष्पलाल कम्युनिष्ट चरित्र बोकेका असल नेता भएको उक्त कार्यक्रममा बोल्ने कम्युनिष्ट विचारकहरुले बताए । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेर माक्र्सवादको प्रचार गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएको भन्दै उनीहरुले पुष्पलालको प्रसंसा गरे ।
उक्त कार्यक्रममा बोल्दै साहित्यकार तथा लेखक दिल साहानीले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको ठूलो योगदान रहेको चर्चा गर्दै पुष्पलालका मोदनाथ पश्रितदेखि धेरै विरोधी भएपनि उनी कम्युनिष्ट आन्दोलनप्रति विचल्लित भएनन् ।

पुष्पलालले तीन सको सिद्वान्त लिएको बताउँदै मोदनाथ पश्रितले पुष्पलाल ठिक छैन । यसलाई सहयोग गर्न हुन भन्दापनि मैले पुष्पलाललाई नछोडेपछि मलाई पुष्पलालको पुच्छर हो भनेर आरोप लगाउने गरेको उनले त्यसबेलाको स्मरण गरे ।
यस्तै पुष्पलालसँग सँगै काम गरेका पत्रकार तथा लेखक मदनलाल पौडेलले दरभङा प्लेनममा माइलादाईसँगको भेट अन्तिम भेट भएको सुनाए । २०२३ सालदेखि २०३५ सालसम्म पुष्पलाल माइलादाई सँगसँगै १२ वर्ष काम गर्ने मौका पाएको अनुभव सुनाउँदै पुष्पलालबारे मदनलाल पौडेलले भने – पुष्पलाल व्यवहारिक कम्युनिष्ट नेता हुन् । कम्युनिष्ट नेतामा हुने सबै गुण थिए । अहिलेका नामका कम्युनिष्ट नेता भन्दा धेरै आदर्श र व्यवहारिक थिए ।


यो दलाल पूजीवादले पुष्पलालको योगदानलाई बुझ्न नसकेको बताउँदै नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरेर देशभर माक्र्सवादको प्रचार गरेका माइलादाई साच्चिकै कम्युनिष्ट भएको पत्रकार तथा लेखक मदनलाल पौडेलले बताए । पुष्पलालले गणतन्त्र भन्थे विपीले संवैधानिक राजतन्त्र भन्नेको सुनाउँदै उनले भने – आफुलाई कम्युनिष्ट नेता भन्ने पाँच पाँचजना प्रधानमन्त्री भएपनि यिनी झोले र दासमात्रै भए यिनले केही गर्न सकेनन्, त्यो बेला पनि पुष्पलाल माइलदाईले धेरै काम गरेका थिए । पुष्पलालले अरुका कुरा मसिनरी बुझ्ने गरेको स्मरण गर्दै उनले पूर्व झापालीहरुको केही विश्वास नलाग्ने बताए ।
वरिष्ठ अधिवक्ता तथा लेखक तेजप्रसाद कँडेलले पुष्पलाल व्यवहारवादी थिएनन् तर व्यवहारिक नेता थिए भने । उनले पुष्पलाललाई उपयोगवादी वस्तुको रुपमा उपयोग गरिएको बताउँदै परिपक्क नेता पुष्पलाललाई विचार र आदर्शको रुपमा मान्नुपर्ने बताए ।
अधिवक्ता कँडेलले माधव नेपालको विषयमा बोल्दै भने माधव नेपाल आफैमा त्यती खराब होइनन् जस्तो लाग्छ, उनी प्रधानमन्त्री हुँदापनि नीतिगत निर्णय गर्दा गलत ढंगले गरे जस्तो लाग्दैन । तर देशी विदेशी मालिकहरुलाई रिझाउँदा यस्तो भएको हुन सक्छ । माधव नेपाललाई हिजोका आफ्नै भन्नेहरुले पनि फसाएको देखिन्छ ।
सहप्रध्यापक तथा वामपन्थी विश्लेषक लिलाबहादुर केसीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पालका राम्रा र कमजोर पक्ष औल्याए । पुष्पलाल कम्युनिष्ट आन्दोलनका सर्वमान्य नेता भएको स्वीकार गर्दै नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेर कम्युनिष्ट घोषणा पत्र नेपालीमा उल्था गरेर धेरै कम्युनिष्ट जन्माउनु पुष्पलालको सकरात्मक तथा राम्रो पक्ष भएको बताए ।
२०१० सालमा चिनको लम्बे अभियानको झल्को दिने गरी कार्यक्रम ल्याउनु, केशरजङ रायमाझीविरुद्व पार्टी भित्र दुई लाइनको अन्तरपार्टी संघर्ष गर्नु र तुल्सीलालको राष्ट्रिय प्रजातान्त्रिक आन्दोलन विरुद्वमा जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी कार्यक्रम ल्याउनु पुष्पलालको सवल र सकारात्मक पक्ष रहेको बताउँदै पुष्पलालका यि योगदान कसैले भुल्न नहुने बताए ।
पुष्पलालका कमजोर पक्ष औल्याउँदै सहप्रध्यापाक तथा वाम विश्लेषक लिलाबहादुर केसीले भने – नेपाली कांग्रेसलाई राष्ट्रिय पूजीपती वर्गको पार्टी भन्नु, मित्रशक्ति, जनतान्त्रिक शक्तिको रुपमा हेर्नु र विश्व कम्युनिष्ट आन्दोलनमा दिग्भ्रमित हुनु पुष्पलालका कमजोर पक्ष भएको थिए ।
कार्यक्रममा नेकपा मालेका स्थायी समति सदस्य नेता गोपालमणी गौतम, नेकपा एमालेकी गोमादेवी आचार्य, पत्रकार तथा लेखक चर्तुभुज आत्रेय, रामचन्द्र श्रेष्ठ, अधिवक्ता ज्ञानु केसी लगायतले पुष्पालका योगदान उच्च रहेका बताए ।
कार्यक्रममा आधार पत्र प्रस्तुत गर्दै माक्र्सवादी विचार मञ्च २०५९ का अध्यक्ष तथा वामपन्थी नेता युवराज पन्थीले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका स्व. पुष्पलालका योगदानलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
वामपन्थी नेता विनबहादुर कुंवरको अध्यक्षता र युवा लेखक तथा साहित्यकार खोमा तरामुको सञ्चालनमा यो कार्यक्रम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।