३१ भाद्र २०८१, सोमबार

साम्राज्यवादी हस्तक्षेपबाट मुक्त गरि समाजवाद स्थापना गर्ने नेकपाकाे चाहना छ : प्रकाण्ड

0

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको आठौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले पार्टी केन्द्रको तेश्रो ६ महिने आवधिक योजनाको निरन्तरताबारे छलफल, समिक्षाका साथै अन्य महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकमा पार्टीका प्रवक्ता, स्थायी समिति सदस्य तथा बागमती प्रदेशका इन्चार्ज प्रकाण्ड सीको प्रमुख आतिथ्यतामा रहेको छ । हेटौंडा-२ स्थित नागरिक भवनमा बसेको जिल्ला समितिको बैठकले नेपाल कम्युनिस्ट पार्टीले लिएको तेश्रो ६ महिने आवधिक योजनालाई निरन्तरता दिने भएको छ । बैठकलाई प्रशिक्षित गर्दै प्रकाण्ड सीले योजना मुताविक पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि अझ थप जिम्मेवारका साथ योजना कार्यन्वयन गर्न जोड दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएकोले नेपाली जनताको मुक्तिकामी एवम् देशको रक्षक नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण जिम्मेवार नेताकार्यकर्ताले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथी उठि अझ बढी मेहनतका साथ कार्यक्षेत्रमा लाग्नुपर्ने बताए । 

त्यसैगरी कुर्सी र व्यक्तिगत तथा पारिवारिक स्वार्थका लागि हालिमुहाली गर्ने पार्टीका नेताकार्यकर्ता, दलाल संसदीय व्यवस्थाको जञ्जिर र साम्राज्यवादी हस्तक्षेपबाट देश र जनतालाई मुक्त गरि नेपाली विशेषताको समाजवाद स्थापना गर्ने पार्टीको मुख्य चाहना भएको बताए । साथै उनले देश र जनताको मुक्तिका लागि आवस्यकता अनुसार माओवादी तथा कम्युनिस्ट धारसँग एकता गर्ने, सच्चा प्रगतिशील, देशभक्त र क्रान्तिकारी तत्वलाई ध्रुवीकृत तथा मोर्चाबन्दी गरि गोलबन्द गर्नुपर्ने बताए । 

महत्त्वपूर्ण घडीमा बसेको बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले प्रस्ताव पेश गरेका हुन् । पेश गरिएको प्रस्ताव बैठकले मुठ्ठी उठाएर पास गरेको छ । जस अनुसार बागमती प्रदेशको स्कुलिङ कार्यक्रममा जिल्ला सचिवालय सदस्य सुर्य सी पठाउने निर्णय गरेको छ । साथै बैठकमा यहि महिनाको १८ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने, जवसको जिल्ला समन्वय समिती गठन गर्ने निर्णय समेत भएको छ । 

आइतबार बसेको जिल्ला समितिको आठौं पूर्ण बैठकले पालिका र वार्डको बैठक तथा भेला सम्मेलन पनि समयमै गर्ने भन्दै अन्य महत्त्वपूर्ण निर्णय समेत गरेको छ । अन्त्यमा बैठकले गरेका निर्णयहरु दृढताका साथ लागू गराउन निर्देशित गर्दै बैठकका अध्यक्ष तथा जिल्ला सेक्रेटरी सुर्य सीले बैठकको समापन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।