३१ भाद्र २०८१, सोमबार

मकवानपुरमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

0

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडामा भएको प्रशिक्षण कार्यक्रममा जवस मोर्चा तथा पालिका स्तरका  सक्रिय पार्टी सदस्यहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला सीको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै देशलाई संकटतिर धकेल्न खोज्ने साम्राज्यवादी र राष्ट्रघाती तत्वको विरुद्ध एकचोटि डटेर लाग्नु पर्ने बताए । त्यस्तै उनले जनताको हक, अधिकारको सुनिश्चितता, राष्ट्रिय स्वाधीनताको रक्षा र देशको समृद्धिका लागि ज्यानको आहुती दिन तयार हुनुपर्ने बेला आएको बताए । साथै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले पनि देशका विकृत पक्षहरुको उन्मुलन गर्दै नेपाली विशेषताको समाजवाद स्थापनाका लागि आफू, आफ्नो संगठन र पार्टी पंक्ति सुदृढ गर्दै पार्टीलाई जनता माझ झङ्ग्याउनुपर्ने बताए । कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रिय सदस्य तथा उत्पादन विभाग मनहरी शाखा इन्चार्ज मिङमार सीको पनि आतिथ्यता रहेको छ । 

यसरी नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको अध्यक्षतामा भएको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सक्रिय पार्टी सदस्यहरुको संयुक्त पालिका स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको सन्चालन जिल्ला सचिवालय सदस्य विवेक सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।