३ आश्विन २०८१, बिहीबार

हेटौंडा अस्पताल बचाउ अभियान टोलिद्वारा पत्रकार सम्मेलन

0

मकवानपुर । हेटौंडाको एक मात्र अस्पताल हेटौंडा अस्पताल बचाउ अभियान टोलिले आज पत्रकार सम्मेलन गरेको छ । अधिवक्ता केशव प्रसाद गौतमले सर्वोच्च अदालतमा दायर गरेको रिट सार्वजानिकिकरण गर्नका लागि अभियान टोलिले पत्रकार सम्मेलन गरेको हो । 

प्रदेश सभाले बनाएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ मा हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने र अस्पतालका सबै सम्पत्ति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने भनिएको छ । यसरी नेपाल सरकारको अधिनमा रहेको हेटौंडा अस्पताल प्रतिष्ठानमा विलय गरेपछि प्रतिष्ठानले अस्पतालको सबै चल अचल सम्पत्ति भोगचलन र किनबेच गर्न पाउने भएको देखिन्छ । प्रतिष्ठानमा पुनर्स्थापित भैसकेपछि सरकारी तवरबाट जनताका स्वास्थ्योपचारमा दिइने सबैखाले सेवा सुबिधा ठप्प हुने देखिन्छ । 

निजि स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गरि देशका नागरिकलाई निशुल्क र सर्वसुलभ स्वास्थ्योपचार प्रदान गर्नुपर्नेमा त्यसको उल्टो कदम चालेको देखिन्छ । जसको कारण मकवानपुर र बागमती प्रदेशका जनता निशुल्क र सर्वसुलभ स्वास्थ्योपचारबाट बन्चित हुने देखिन्छ । यसरी प्रदेश सभाले जनताको हित विपरीत बनाएको प्रदेश कानुनका केही धारा, दफा र अनुसूची प्रचलित नेपालको संबिधान तथा संघिय कानून सँग बाझिए‌को छ ।

त्यसैले अधिवक्ता केशव प्रसाद गौतमले उत्प्रेषणयुक्त, परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि नेपालको संबिधान तथा संघिय कानून सँग बाझिए‌को प्रदेश कानुन अमान्य वा बदर घोषित गरि पाउँ भनी सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रदेश सभाले बनाएको त्रुटिपूर्ण कानुन बदर गरि हेटौंडा अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आ-आफ्नो छुट्टाछुट्टै अस्तित्वमा विकास गर्ने गरि ऐन तथा कानु संशोधन गर्नुपर्ने देखिन्छ ।

पत्रकार सम्मेलनकै बिचबाट हेटौंडा अस्पताल बचाउ अभियानलाई मकवानपुरमा सक्रिय सबै पार्टीका प्रतिनिधि, बुद्धिजीवी, पत्रकारले ऐज्ञाबद्धता जनाएका छन् । यसै सन्दर्भमा हेटौंडा अस्पताल बचाउनका लागि नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले कानुनी हिसाबले हल नभएको खण्डमा सडक मोर्चाबाट अघि बढ्ने बताएका छन् । अभियान टोलिका संयोजक प्रकाश पौडेलले अस्पतालको अस्तित्व कायम राख्न अब अभियान टोलिले नयाँ ढङ्गले अभियान सन्चालन गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।