२१ बैशाख २०८१, शुक्रबार

विद्यार्थीको दायित्व

0

           सुर्य सी

 

विद्यार्थी हौं हामी देशको अस्तित्व बचाउने
दुश्मनको सामु तारबाररुपी कलम नचाउने

शिक्षित युवा शक्तिको विदेश पलायन रोकेर
गर्नुछ पूरा जिम्मेवारी हाम्रो यो देश सजाउने

देश संकटमा परेको छ फिक्री छैन कसैलाई
भैसक्यो बेला अब जागृतिको ढोल बजाउने

हिमाल पहाड तराई मेची-महाकाली समेटी
हिम्मत गरौं जुटि अब नेपाल आमा हँसाउने

कलम र तारा अंकित रातो झण्डा मुनि बसेर
आह्वान गरौं आजैबाट सारा संसार जगाउने


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।