३ जेष्ठ २०८१, बिहीबार

प्रतिगामी र साम्राज्यवादी षड्‌यन्त्र विरुद्ध लड्ने निर्णयसहित समाजवादी मोर्चाको बैठक सम्पन्न

0

काठमाडौं – नेकपासहित चारवटा राजनीतिक पार्टीहरु संलग्न समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न भएको छ । आज विहान ८ः३० मा सुरु भएर १०:३० बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठक सम्पन्न भएको हो ।

सबै शिर्ष नेतृत्व सहभागी सो बैठकले प्रतिगामी र साम्राज्यवादी षड्यन्त्र तिब्र भएकोले यसको विरुद्ध लड्ने निर्णय गरेको छ । बैठकले समाजवादी मोर्चाको नेतृत्व चक्रिय प्रणालीमा गर्ने पूर्व निर्णय अनुसार अब नेकपाका महासचिव विप्लव सीले नेतृत्व गर्नेछन् ।

केही दिनमा नै बस्ने मोर्चाको बैठकले थप कार्यक्रम बनाउने र राहतका कार्यक्रम घोषणा गर्न सरकारलाई अनुरोध र सहयोगसमेत गर्ने नेकपा प्रवक्ता प्रकाण्ड सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।