२३ बैशाख २०८१, आईतवार

नेपालमा निराशा मात्रै छैन, सबै गजब भइरहेको छ : विप्लव सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलालहरुले नेपालमा निराशा बाँडेर युवाहरुलाई निराश बनाएको ओरोप लगाएका छन् । आइतबार अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले दलाल पुँजीवादले निराशा बाँडेर युवाहरुलाई विदेशीन प्रेरित गरिरहेको बताए ।

नेपालमा दलाल पुँजीवादले गरेको हल्लाको पछि लागेर देशका युवा विद्यार्थी निराश हुन जरुरी नभएको विप्लवको भनाई थियो । विप्लवले पछिल्लो समय प्रचण्ड सरकारले गरेका कामहरुप्रति लक्षित गर्दै नेपालमा गजब भइरहेको बताए । ‘हामीले १६ वर्ष अगाडि नै भनेका थियौं देश समस्यामा जाँदैछ, यसलाई छिटो निकास दिनुपर्छ । हामीले १६ बर्ष अगाडि भनेको कुरा अहिले आएर लागु हुँदछ ।’, उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘हामीले १६ बर्ष अघि भनेको कुरालाई लिएर अहिले युवामा निराशा बाँडिदै छ । अब निराशा बाँड्न जरुरी छैन । नेपालमा अहिले गजब भइरहेको छ ।’

ललिता निवासको १ सय ४२ रोपनी जग्गा फिर्ता आउनु, बाँसबारीको जग्गा हडप्नेहरु पक्राउ पर्नु, सुन तस्करहरु पक्राउ पर्नु, भुटानी शरणार्थी प्रकरणका मतियारहरु जेतमा हुनेले नेपालमा गजव भइरहेको सन्देश एिको उनको भनाई थियो । ‘अरुण चौधरी पक्राउ परे, ललिता निवासको १४२ रोपनी नेपाल सरकारको नाममा आयो भन्ने छ, डलरमाथि चिप्लिएको मान्छे पनि देखियो, विमानस्थलमा सयौं किलो सुनमा उत्तानो परेका मान्छेहरु पनि देख्न पाइयो । त्यहि भएर गजब भइरहेको छ ।’, उनले भने ।

आफूहरुले लडेर ल्याएको गणतन्त्र दलाल पुँजीवादको कब्जामा गएकाले आफूहरुले संघर्ष गर्नु परिरहेको उनको भनाई थियो । नेपाललाई दलालहरुको कब्जामा छ खोसेर नेपाली युवाहरुको भविश्य सुनिश्चित गर्न नेपालमै बस्नुपर्ने विप्लवको सुझाव थियो । ‘कोही पनि निराश हुन जरुरी छैन । नेपाली युवाले प्रेम प्रसाद भएर मर्ने होइन्, संघर्ष गर्नुपर्छ । आफै जलेर मर्दा दलालहरु खुशी हुन्छन् । एउटा विद्रोही मर्या भन्छन् । आफैलाई आगो लगाउने होइन, दलालहरुलाई आगाले झोस्ने हो । स्वाभिमान भएर बाँच्ने हो । अरु अन्यायका विरुद्धमा संघर्ष गर्ने हो ।’ उनले भने ।

नेपालको विद्यार्थी आन्दोलन ऐतिहासिक क्रान्तिकारी आन्दोलन भएको भन्दै सम्पूर्ण परिवर्तन चाहने युवा विद्यार्थीहरु संगठित हुनुपर्नेमा जोड दिए । अखिल (क्रान्तिकारी) क्रान्तिकारीहरुको मात्र नेतृत्व गर्ने संगठन नभएर नेपालका ९० लाख विद्यार्थीको संगठन भएको उनको भनाई थियो । ‘पढ्न पाउने अधिकार र उनीहरुको भविश्यको नेतृत्व अखिल (क्रान्तिकारी)ले गर्नुपर्छ । यो संगठन फाँसीमा झुन्डिन, गोली खान तयार भएका गंगालला श्रेष्ठ, चिनियाकाजीहरुहरुको इतिहास जोडिएको संगठन हो । यसले राजनीतिक अधिकार मात्र होइन शिक्षाका विकृतिका विरुद्धमा लड्ने संगठन हो । यो सबै विद्यार्थीको साझा संगठन हो । यसले सबै विद्यार्थीको नेतृत्व गर्छ ।’ उनले भने ।

प्रकाश सीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले उपस्थित सम्पूर्ण अतिथि र विद्यार्थीलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा सामाना सांस्कृतिक परिवारको टोलीले आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख विषम सी, नेकपा स्थायी समिति सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज शिलु , स्थायी समिति सदस्य सुशील सीलगायतका पार्टीका पोलिट ब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, सहिद परिवार, बेपत्ताका आफन्तहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा नमूना सरकारी विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।