२८ बैशाख २०८१, शुक्रबार

पक्राउ पुर्जी जारी गर्दैमा क्रान्तिकारीहरु डराएर भाग्दैनन्, साम्राज्यवादीहरुकाे सामना गर्छन् : शिलु सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनकी फ्याक्सन इन्चार्ज शिलु सीले पढिरहेको शिक्षा जीवन व्यवहारमा जोडिनुपर्ने बताएकी छिन् । आइतबार काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मीकि विद्यापिठमा आयोजित अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता शिलुले यस्तो बताएकी हुन् ।

उनले नेपालको वर्तमान शिक्षा प्रणाली र विभिन्न कलेज विद्यालय विश्वविद्यालयहरुमा अध्यापन भइरहेको शिक्षा जीवन व्यवहारमा जोडिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘हाम्रा युवा विद्यार्थीहरुले पढिरहेको शिक्षा केवल किताब र घोकाइको रटानमा मात्र होइन, जीवन व्यवहारमा लागू हुनुपर्छ । हामीले यो शिक्षा प्रणाली अवैज्ञानिक छ, अव्यवहारिक छ भनेर बोल्ने मात्र होइन, समस्याको बारेमा बोल्ने मात्रै होइन समाधान दिनुपर्छ, त्यो भनेको वैज्ञानिक समाजवादी शिक्षा हो।’

नेपालमा पछिल्लो समय साम्राज्यवादी हस्ताक्षेप बढेको उनको भनाई थियो । साम्राज्यवादी हस्तक्षेपको नमूना एमसीसीमार्फत देखिएको भन्दै उनले भनिन्, ‘नेपालमा साम्राज्यवादी हस्तक्षेप बढेको छ, यो नेपालमा प्रत्यक्ष आएको छ । त्यो हेर्न लब्सिफेदी जानुहोस्, रातामाटे जानुहोस् । युवा विद्यार्थीहरुले साम्राज्यवादको हस्तक्षेपको विरुद्ध लड्नुपर्ने छ, शिक्षामा भएको निजिकरण र व्यापारीकरणको विरुद्धमा लड्नुपर्ने छ।’

उनले दलाल संसदिय व्यवस्थाको अन्त्य नगरेसम्म नेपाली विशेषताको समाजवाद ल्याउन नसकिने बताउदै वैज्ञानिक समाजवादी शिक्षासमेत लागू गर्न नसकिने ठोकुवा गरिन् । नेपालमा साम्राज्यवाद प्रत्यक्ष रुपमै आइसकेकाले नेपाल छिमेकी शक्ति राष्ट्रको टकरावको किडास्थल भन्ने खतरा रहेको उनको भनाई थियो । यसको विरुद्ध लड्न साम्राज्यवादलाई नेपालबाट परास्त गर्न माओवादी घटक, समाजवादी शक्ति सम्पूर्ण देशभक्त कम्युनिस्ट शक्तिहरु गणतन्त्रवादीहरु, सच्चा लोकतन्त्रहरुवादी शक्तिहरु एकै ठाउँमा उभिएर सामना गर्दै देश जोगाउनु पर्नेमा उनको जोड थियो ।

नेकपाको लोकप्रियता र वैज्ञानिक भिजन देखेर यसलाई रोक्न र समाजवादी मोर्चालाई गतिहिन बनाउन विदेशी साम्राज्यवादी दलालहरुको इसारामा देशभक्त कम्युनिस्ट पार्टीमाथि पक्राउ पुर्जी जारी गरिएको उनको भनाई थियो । ‘दलालहरुले पक्राउ पुर्जी जारी गर्दैमा क्राम्तिकारिहरु डराएर भाग्दैनन् साम्राज्यवादीहरुकै केन्द्रमा बसेर सामना गर्छन्’, उनले भनिन्, ‘आज हामी यही काठमाडौंमा बसेर सामना गरिरहेका छौँ । यही बसेर लड्छौं ।’

प्रकाश सीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले उपस्थित सम्पूर्ण अतिथि र विद्यार्थीलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने कार्यक्रमको संचालन महासचिव ललित सीले गरेका थिए । कार्यक्रममा सामाना सांस्कृतिक परिवारको टोलीले आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख विषम सी, नेकपा स्थायी समिति सदस्य तथा अखिल(क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज शिलु , स्थायी समिति सदस्य सुशील सीलगायतका पार्टीका पोलिट ब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, सहिद परिवार, बेपत्ताका आफन्तहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा नमूना सरकारी विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।