![](https://janapatrika.com/wp-content/uploads/2025/02/Messenger_creation_9610C0F4-3F46-4422-9E02-09D9070E180D.jpeg)
नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज उमा सी शिलुलाई स्याङ्जाको वालिङ् नगरपालिका १४ लंकाकोटमा स्वागत गरिएको छ ।
स्याङ्जाको पर्यटकीय र ऐतिहासिक गाउँ लंकाकोटमा भोलि बुधबार नेकपा स्याङ्जाले आयोजना गरेको जिल्ला बैठकमा सहभागी हुन पूर्व सांसद समेत रहेकी शिलुको उपस्थिति रहेको नेकपा स्याङ्जाका सेक्रेटरी सागरले बताए ।
बैठकमा सहभागी हुन नेकपा केन्द्रीय सदस्य उभार सी, जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगायत लंकाकोट पुगेका छन् । साविक थुमपोखरा गाविसमा अवस्थित लंकाकोट स्थानीय तह बनेपछि वालिङ् नगरपालिका बनेको थियोे ।
नेकपा स्याङ्जाले पछिल्लो केन्द्रीय समिति बैठकका निर्णय कार्यन्वयन र दिशानिर्देशनका लागि बैठक आयोजना गरेको स्याङ्जा जिल्ला इन्चार्ज उभारले बताए ।
उभारले भोलि लंकाकोट बैठकले लंकाकोट घोषणापत्र जारी गर्दै स्याङ्जाको पर्यटकीय प्रर्वद्धन र जनपक्षीय मुद्दा साथै अनियमितता र भ्रष्टाचार विरुद्ध सशक्त जागरण अभियान सञ्चालन गर्ने घोषणा गरिने बताए ।