२३ माघ २०८१, बुधबार

कञ्चनपुरमा गरिएको सिमा अतिक्रमण तत्काल रोक्न नेकपाकाे कडा चेतावनी

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारतीय अतिक्रमणविरुद्धको जनप्रतिरोध जायज भएको जनाएको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
नेता भरत सीले भारतीय अतिक्रमणविरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलन जायज भएको र पार्टीले उक्त आन्दोलनको समर्थन गर्ने बताएका छन् । उनले नेपाली राष्ट्रियताविरुद्ध हुने हर्कतका विरुद्ध प्रतिरोध संघर्षमा उत्रन सम्पूर्ण राष्ट्रप्रेमी युवा, विद्यार्थी र आम जनसमुदायलाई हार्दिक अपिलसमेत गरेका छन् ।
नेता भरत सीले नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट्रविरोधी हर्कत रोक्न र समस्या समाधानका लागि कुटनैतिक पहल गर्न अनुरोध गर्दै भारतीय साम्राज्यवादका विरुद्ध जस्तोसुकै मोर्चाको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका छन् । उनले कञ्चनपुरमा गरिएको सिमा अतिक्रमण तत्काल रोक्न कडा चेतावनी समेत दिएका छन् ।

विज्ञप्ति पूर्ण पाठ –


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।