२३ माघ २०८१, बुधबार

युवा संगठन नेपालले एमसीसी, मानवतस्कर, भ्रष्टाचार, महङ्गी, लागु औषध दुव्र्यसनविरुद्ध प्रदर्शन गर्ने 

0

काठमाडौँ । युवा संगठन नेपाल बागमती प्रदेशको चौथो आवधिक योजनाको पहिलो बैठक काठमाडौँ बुद्धनगर पार्टी कार्यलयमा सम्पन्न भएको छ ।

युवा संगठन नेपाल बागमती प्रदेश इन्चार्ज एवं संगठनका केन्द्रिय सचिव अनिल सीको अध्यक्षतामा बसेको बैठकमा युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीकाे प्रमुख आतिथ्यता थियो ।

त्यसैगरी बैठकले राष्ट्रघाती एमसीसी/मानवतस्कर, भ्रष्टाचार, महङ्गी, लागु औषध दुव्र्यसन विरुद्ध प्रदर्शन गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।
प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले अहिलेको दलाल संसदिय व्यवस्था असफल भएका कारण राज्यका सम्पूर्ण अङगहरु असफल हुनु स्वभाविक भएको बताए । आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, न्यायीक र सांस्कृतिक कुनैपनि क्षेत्रमा संकट आउनुको मुख्य कारण दलाल पुजीवादी सत्ता भएकाले यसको अन्त्य गरेर आजको नेपाली विशेषताको समाजवाद स्थापना गर्न सबै वामपन्थी, कम्युनिस्टहरु, लोकतान्त्रिक गणतन्त्रवादीहरु, देशभक्त र समाजवादीहरु जुट्नुको विकल्प नभएको बताए ।

त्यसैगरी संगठनका केन्द्रिय सचिव तथा बागमति प्रदेश इन्चार्ज अनिल सीले मानवतस्कर, भष्टाचार र विकृतिविरुद्ध आवाज उठाउने र त्यसका विरुद्ध सशक्त भएर लाग्न युवाहरुलाई निर्देशनसहित अन्तमा बैठक समापन गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।