![](https://janapatrika.com/wp-content/uploads/2025/02/Messenger_creation_55B78113-DF87-4913-8C01-29AE6F9D80A9.jpeg)
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शान्तिमाया थोकरप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले जनयुद्धका महान सहिद विर बहादुर थोकरकी जीवन सँगिनी शान्तिमाया थोकरप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
आइतबार एक शोक वक्तव्य निकाल्दै नेकपा मकवानपुरले थोकरप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । १० वर्षे जनयुद्धमा मनहरी-२, भिमान आक्रमणमा सहादत प्राप्त गरेका महान सहिद वीर बहादुर थोकरकी श्रीमती शान्तिमाया थोकर विगत लामो समयदेखि घाँटीको क्यान्सर रोगसँग लड्दै हुनुहुन्थ्यो । उपचारकै क्रममा माघ १५ गते उहाँको देहावसान भयो । वि.स. २०२८ माघ १० गते जन्म भएका शान्तिमाया थोकरको ५३ वर्षको अल्पायुमै निधन भएकोले सिंगो पार्टीले दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।
हेटौंडा-१९, बस्तिपुर स्थित आफ्नै निवासमा नेकपा (माओवादी) र नेकपाले सोमबार संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गरि मृतक शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । श्रद्धाञ्जली सभामा नेकपा (माओवादी) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य प्रलाद लामिछाने, नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुका इन्चार्ज राम सी, केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी पेमा सी, वीर बहादुर घलान(ज्वाला) लगायतको उपस्थिति रहेको छ ।
नेकपा (माओवादी) हेटौंडा-१९ का अध्यक्ष पूर्ण घलानको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सन्चालन नेकपाका सचिवालय सदस्य तथा मनहरी गापा सेक्रेटरी सुर्य सीले गरेका हुन् ।