६ कार्तिक २०८१, मंगलवार

नेकपा नेता उमा स्थानीयको घरघरमा अन्तरक्रिया गर्दै, पार्टीसङ्ग जनता आशावादी बन्दै

0

गोरखा/ जनयुद्धको समयमा गोरखामा एउटा नाम निकै चर्चित थियो, उमा भुजेल । तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको समयदेखि नै भूमिगत राजनीतिमा सक्रिय उमा भुजेल २०५७ सालमा गोरखा जेलब्रेक गरेर उम्किन सफल भएपछि झन् उनको चर्चा देश विदेश जताततै हुन थाल्यो । विभिन्न राजनीतिक जिम्मेवारीले देशका विभिन्न जिल्ला, ब्युरो र प्रदेशहरुको जिम्मेवारीमा पुगेकी उमा भुजेल हाल नेकपाका स्थायी समिति सदस्यको रुपमा गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा छिन् । प्रदेशको जिम्मेवारी सम्हालेको एक वर्ष हुँदा प्रदेशले पार्टी सङ्गठन र उत्पादनमा जोड दिइरहेको छ । यसै सन्दर्भमा पार्टी सङ्गठन विस्तार एवम् भेटघाटको लागि गृह जिल्ला गोरखा पुगेकी उमा सीलाई प्रत्यक्ष भेट्न पाउँदा गोरखाका स्थानीयहरु खुसी देखिन्थे ।
जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ धादिङ्गरामा पुगेकी उमालाई स्थानीयले स्वागत गरे । राजनीतिक कुराहरु सुने र अब देशको नेताको रुपमा हेर्न चाहेको प्रतिक्रिया दिए । ‘युद्धकालमा उमा भनेको सुन्थेउ, पछि कहिलेकाहीँ टिभीमा देखेको हो, अहिले प्रत्यक्ष देख्न पाइयो, अब देशकै नेता, मन्त्री बनेर देशको सेवा गरेको देख्न पाइयोस’ एक स्थानीयले भने । झण्डै २ घन्टासम्म चलेको अन्तरक्रियामा जनताले आफ्ना समस्याहरु राखेका थिए भने, धेरै नेताहरुलाई भोट दिएको तर फर्किएर नआएको गुनासो पनि राखेका थिए । नेता शिलुले देशमा राजनीतिक इमानदारीता कमजोर भएको भन्दै आफूहरु राजनीतिक इमानको लागि समाजवाद ल्याउन सङ्घर्ष गरिरहेको बताइन् । उनले समाजवाद आएपछि धेरै समस्याको समाधान हुने भन्दै आफूहरुले एकपल्ट देशको नेतृत्व गर्न चाहेको र जनताले साथ दिन समेत आग्रह गरिन् ।
यस्तै अन्तरक्रियामा नेकपा गोरखाका इन्चार्ज कपिल सीले पार्टीले जनभेटघाट अभियान सुरु गरेको भन्दै पार्टीमा सङ्गठित हुन अपिल गरे । उनले आफूहरु अहिलेसम्म सत्ताको कुनै तहमा नपुगेपनि जनपक्षिय काम गर्न आवाज उठाइरहेको र जनविरोधी कार्यको विरुद्ध सङ्घर्ष गरेको बताए । यस्तै समाजवादी ट्रेड युनियन महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष टेक सीले अहिलेसम्म पार्टीले दलालका विरुद्ध सङ्घर्ष गरेको भन्दै अब सङ्घर्षसङ्गै जनतामा पनि फर्किएको बताए ।
नेकपा गोरखाले जनभेटघाट अभियान चलाइरहेको छ । सोही सन्दर्भमा नेकपाका गण्डकी प्रदेश इन्चार्ज शिलु सी पनि गोरखाका स्थानीयसङ भेटघाट गर्ने, सुझाव माग्ने र जनताको समस्याहरु बुझ्न पार्टीसङ्गै जनतामा गइरहेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।