
समाजवादी मोर्चा नेपाल, मधेश प्रदेश समितिको बैठक सम्पन्न भएकाे छ । शुक्रबार जनकपुरमा सम्पन्न बैठकले प्रदेश स्तरिय सभा गर्ने, जिल्ला स्तरमा मोर्चा गठन गर्ने र प्रदेश समिति पुनरगठन गर्ने निर्णय गरेको छ ।
नेकपाको तर्फबाट स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सी, केन्द्रीय सदस्यहरू, शिला सी, पवन सी र सिआरसी तथा विद्यार्थी नेता अटल सी सहभागी थिए ।
नेकपाले मोर्चाको नेतृत्व गर्न शिला सीको नेतृत्वमा लक्ष्मण सी र पवन सीलाई पठाउने निर्णय गरेको प्रदेश इन्चार्ज अनिल सीले जानकारी दिए । नेकपाले बारा र पर्सा जिल्लामा समाजवादी मोर्चा गठनको संयोजन गर्ने जिम्मा लिएको बैठकमा सहभागी विद्यार्थी नेता अटल सीले बताए । मोर्चाको आगामी बैठक फागुन १२ गते जनकपुरमा बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्