![](https://janapatrika.com/wp-content/uploads/2025/02/Messenger_creation_1DA58172-018D-4636-BC33-49E4C12A01D5.jpeg)
तम्घास । समाजवादी मोर्चा गुल्मीको दोस्रो बैठक तम्घासमा सम्पन्न भएको छ । बैठकले नेकपा जिल्ला इन्चार्ज खोमा सीलाई संयोजक चयन गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तेजेन्द्र सलामी मगर, जिल्ला सचीव अशोक थापा, नेकपाका जिल्ला इन्चार्ज खोमा सी, जिल्ला सचिवालयद्वय सदस्य तारा सी र बाबुलाल सी, नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज प्रमेश पोखरेल र जिल्ला सचिव सुरेन्द्र कँडेल, जिल्ला सदस्य बालकृष्ण बरालको उपस्थिति थियो ।
बैठकले समाजवादलाई वैचारिक आधार मान्ने अन्य राजनीतिक दल, समूह र बुद्धिजीवीहरूसित छलफल र बहसलाई फराकिलो पार्दै जाने, सरकारले जारि गरेको अध्यादेशको विरोध गर्ने, जिल्लामा भइरहेको विकास निर्माण र प्रशासनिक क्षेत्रमा भएको विसंगतिहरू विरूद्ध संघर्ष गर्ने, छत्रकोट गाउँपालिकाको श्रङ्गा मा.वि.को परिक्षा केन्द्र सारिएकोबारे अध्ययन गरि पहलकदमी लिने निर्णय गरिएको संयोजक खोमा सीद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख गरिएको छ ।