३१ भाद्र २०८१, सोमबार

युवा संगठन नेपाल मकवानपुरद्वारा एमसीसीविरुद्ध र्‍यालीसहित कोणसभा सम्पन्न

0

 

मकवानपुर । नेकपा निकट युवा संगठन नेपाल मकवानपुरले आज एमसीसी सम्झौता विरुद्ध र्‍याली सहित कोणसभा गरेको छ । कोणसभा हेटौंडा-१ मानसचोकमा भएको हो । 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रमको सम्बोधन गर्दै उनले नेपाल सरकार र अमेरिकी कम्पनी मेलिनियन च्यालेन्ज कर्पोरेसन बिच भएको सम्झौता राष्ट्रघाती र जनघाती भएको बताए । देशको हित विपरित भएको एमसीसी सम्झौता तत्काल खारेज गर्न पटकपटक दबाब दिएतापनी खारेज नगर्नु सरकारको गल्ती भएकोले तत्काल खारेज गर्न जोडदार माग गरेको छ । अन्यथा नेपाली जनताले एकदिन सत्ताको कुर्सीबाट लखेटिने दिन पनि आउन सक्ने बताए ।

नगरपालिका रोडदेखि र्‍यालीसहित सुरु भएको कार्यक्रम मानसचोकमा पुगि कोणसभामा परिणत भएको हो । यसरी मानसचोकमा भएको कार्यक्रमको सन्चालन युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष सुनिल सीले गरेका थिए । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य रमेश सीको पनि उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।