३ आश्विन २०८१, बिहीबार

मकवानपुरको शहिदगेट-बुद्धचोकमा वृक्षारोपण

0

मकवानपुर । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले शहिदगेट-बुद्धचोक सडक खण्डमा वृक्षारोपण गरेको छ । समुहका सचिव सुर्य बहादुर गोलेको २७ औं जन्म दिनको अवसरमा वृक्षारोपण गरेको हो ।

महान जनयुद्धमा १९ जनाको सहादत भएको ठाउँ भिमानलाई सहिद स्मरक बनाउने कार्यमा मनहरी-२ का वडा सरकार लागि परिरहेको छ । उक्त ठाउँलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्नका लागि भिमान जाने बाटोको सहिद गेटदेखि बुद्धचोकसम्मको सडक खण्डमा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूले वृक्षारोपण गरेको हो । समुहका सचिव सुर्य बहादुर गोलेको २७ औं जन्म दिनको अवसर पारेर समूले वृक्षारोपण गरेको हो । समूले वन डिभिजन कार्यलय मनहरीबाट विभिन्न १५ प्रजातिका २६९ वटा विरुवा ल्याएर रोपेको हो ।

बुद्धचोक (साविक नारायण चोक) मा भाद्र २० गते वृक्षारोपण कार्यक्रमको उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रिनले सहिद स्मारकको रुपमा विकासोन्मुख भिमानलाई टेवा पुग्नेगरी वन समूहले गरेको वृक्षारोपण एकदमै राम्रो भएको बताए । त्यसैगरी वडालाई नमुना वडा बनाउने वडा सरकारको योजनालाई पनि टेवा पुग्ने बताए । साथै आफ्नो गाउँलाई सुन्दर, शान्त र रमणीय बनाउनका लागि सबैले आ-आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउनुपर्ने बताए ।

मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव सुर्य बहादुर गोलेले आफ्नो जन्म दिनको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेकोमा समूहलाई विशेष धन्यवाद दिएका छन् । साथै उनले वडाध्यक्ष राजकुमार पाख्रिन, लोकहित वन समितिका सदस्य बलिराज गोङ्बा र कार्यक्रममा उपस्थित सम्पुर्ण वडाबासीलाई धन्यवाद दिएका छन् ।

जन्म दिनको अवसरमा भाद्र २० गते सुरु गरिएको वृक्षारोपण कार्य २१ गते पनि भएको हो । भाद्र २२ गते वृक्षारोपण कार्य अन्तिम चरणमा पुगेको समूहका सचिव सुर्य सीले बताएका छन् । साथै उनले आफ्नो जन्म दिनको अवसरमा हेटौंडा-१ स्थित नेकपाका पार्टी कार्यलयमा पनि सुपारी, निम र इमिलिका बिरुवा रोपेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।