३१ भाद्र २०८१, सोमबार

एमसीसी प्रभावित क्षेत्रमा युवा संगठनले गर्यो मशाल जुलुस

0

काठमाडौं – युवा संगठन नेपालले एमसीसी प्रभावित क्षेत्रमा मशाल जुलुस निकालेको छ । काठमाडौको नयाँ वानेश्वर, चितवनको भरतपुर, रुपन्देहीको बुटवल नुवाकोटको विदुर नगरपालिकामा गएराति एमसीसीविरुद्ध मशाल जुलुस निकालेको हो ।

सयौं युवाहरु सडकमा एमसीसी मुर्दावाद !, एसपिपी मुर्दावाद !, युवा संगठन नेपाल जिन्दावाद ! लगायतका नारा लगाउँदै सडकमा मशाल बोकेर निस्किएका थिए । काठमाडौँको विरोध मशाल जुलुसमाथि प्रहरीले धरपकड गरेको थियो । प्रहरीले ११ जना नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

गिरप्तार पर्नेहरूमा नेकपाकी केन्द्रीय सद्स्य तथा महिला संगठनकी महासचिव राजकुमारी सी, युवा संगठनका केन्द्रीय सचिव अनिल सी, केन्द्रीय सदस्य जीवन सी, कैलाश सी, अभय र विद्यार्थी नेताहरु केन्द्रीय सचिव कपिल सी, केन्द्रीय सदस्य ललिजंग सी, निगम सी, प्रेम सी, मजदुर नेताहरु केन्द्रीय सदस्य दिपक सी, लालबहादुर सीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई प्रहरीले राती ११ बजे रिहा गरेको थियो ।

युवा संगठनले गरेको मशाल जुलुसलाई बानेश्वरको नेतृत्व संगठनका अध्यक्ष दिनेश सीले गरेका थिए भने बुटवलमा उपाध्यक्ष विश्लेषण, चितवनमा केन्द्रिय सचिवालय सदस्य अशोक सी, नुवाकोटमा केन्द्रिय सचिवालय सदस्य वासु सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।