२२ भाद्र २०८१, शनिबार

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय खारेज गर्न माग

0

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बागमती प्रदेश सरकारले २०७६ असोज २ गते मकवानपुरको एउटै मात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने भनी गरिएको निर्णय खारेज गर्न माग गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले विभिन्न किसिमका ७ बुँदे मागहरुसहितको प्रेस विज्ञप्ति जारी गर्द सर्वसाधारण जनताको हित विपरीत गरिएको निर्णय खारेज तथा उल्लेखित मागहरु यथाशीघ्र पूरा गर्न जोडदार माग गरेको हो । यस विषयमा नेपाल कम्युनिस्ट पार्टी सहित विभिन्न ११ सक्रिय दलहरु मिलेर छm
लफल तथा संघर्षको कार्यक्रम अगाडि बढाइरहेको छ ।

३०० बेड भएको हेटौंडा अस्पतालले हाल उपलब्ध गराइरहेको निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य उपचार स्वयत्त संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कदापि उपलब्ध गराउँदैन । ५०० बेड भएको डाक्टर, नर्स उत्पादन गर्ने उद्देश्यले अगाडि बढेको प्रतिष्ठानले आफ्नै छुट्टै अस्तित्व कायम राख्न सकोस्, स्वास्थ्य क्षेत्रमा अझ राम्रो सेवाहरु उपलब्ध गराओस । जुन मकवानपुर तथा बागमती प्रदेशको गौरवको विषय हुनेछ । तर जालझेल गरि सरकारी अस्पतालको आफ्नो अस्तित्व नै नामेट हुने गरि प्रतिष्ठानमा गाभ्नु गलत भएको विज्ञप्तिमा उल्लेख गरेको छ । साथै निम्न मागहरु यथाशीघ्र पूरा गर्न पनि प्रदेश सरकारलाई जोडदार अनुरोध गरेको छ ;

मागहरु:

१.प्रदेश सरकारले मिति २०७६ असोज २ गते सरकारी हस्पिटल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने भनी गरेको निर्णय खारेज गर्नु पर्ने ।

२.हेटौंडा हस्पिटललाई प्रादेशिक हस्पिटलमा विकास गर्नु पर्ने ।

३.मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ५०० बेडको हस्पिटल छुट्टै बनाइ विकास गर्नु पर्ने ।

४.हहेटौंडा हस्पिटलको खाता निरन्तर संचालन गर्नु पर्ने ।

५. हेटौंडा हस्पिटलको बोर्डमुनि राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम १५ दिन भित्र हटाउनु पर्ने ।

६.प्रतिष्ठानले हेटौंडा हस्पिटलको विषयमा कुनै पनि हस्तक्षेप गर्न नपाउने ।

७.हेटौंडा हस्पिटलको व्यवस्थापन कुशल र अनुशासनमा राखेर विकास गर्नु पर्ने ।

उल्लेखित मागहरु समयमै सम्बोधन नभएमा जनता र राष्ट्रका लागि नेकपा मकवानपुर जस्तोसुकै संघर्ष कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।