२२ भाद्र २०८१, शनिबार

श्रमजीवी वर्ग हार्ने वर्ग नै होइन : प्रकाण्ड

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले श्रमजीवी वर्ग र कम्युनिस्टहरु हार्ने वर्ग नै नभएको बताएका छन् । पार्टी निकट संगठन र मोर्चाहरुको संयुक्त छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बागमती प्रदेश स्तरीय ५ वटा जनवर्गीय संगठन र जातीय मोर्चाको संयुक्त कार्यक्रममा बोल्दै उनले नेताकार्यकर्ताहरुलाई परिवर्तनका निम्ति फौजी अनुशासनमा रहेर जनताको सेवा गर्न निर्देशन समेत दिए ।

व्यवस्था परिवर्तन र राष्ट्रियताका निम्ति अझ उचाइबाट सहकार्य र संघर्ष गर्नुपर्नेमा उनले स्पष्ट पारे । कम्युनिस्ट, गणतन्त्रवादी, इमानदार, देशभक्त र प्रगतिशील शक्तिहरुसंग सहकार्य गर्न घेरा फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए ।
     देशमा डरलाग्दो पलायनता र साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढेको हुँदा नेकपाका नेताकार्यकर्ताहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनले विशेष जोड थियो ।

श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी, केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज पदम सी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज विश्लेषण सीले कार्यक्रममा मन्तव्य राखेका थिए ।

त्यसैगरी अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सी, महासचिव प्रकाश सी, उत्पादन तथा आइटी प्रमुख कपिल सी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव राजकुमारी सी, केन्द्रीय सदस्य मीना सी, समाजवादी ट्रेड युनियनका केन्द्रीय सह-इन्चार्ज जीवन्त सी, केन्द्रीय अध्यक्ष टेक सी, उपाध्यक्ष नारायण सी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

बागमती प्रदेश समिति स्तरीय युवा संगठन नेपाल, अखिल (समाजवादी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, समाजवादी ट्रेड युनियन र श्रमिक समुदाय मोर्चाहरुका नेताकार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए । अ.ने.म. संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भृकुटी सीले सहजीकरण गरेकाे कार्यक्रम काठमाडौंको सेन्ट्रल कलेजमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।