३१ भाद्र २०८१, सोमबार

जनयुद्की नायक शिला नेकपामा प्रवेश

0

सहिद अजवलाल यादवकी जीवनसाथी पूर्व सांसदसमेत रहेकी कमरेड शिला साेमबार बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् ।
शिला नेकपा (एमाले) की केन्द्रीय सदस्यसमेत रहेकी थिइन् । साेमबार बिहान नेकपा महासचिव विप्लवले आफ्नाे निवास हरिसिद्धीमा उनलाई पार्टीमा स्वागत गरेका हुन् । ध्रुवीकरण मन्तव्य राख्दै ‘एमाले पार्टीमा सहिदको अपमान भएपछि राजिनामा दिएर बसेकी थिएँ । अब क्रान्तिकारी पार्टीमा भएपछि मृत्यु पनि सन्ताेषजनक हुनेछ’ भनिन् ।
मन्तव्यकाे क्रममा उनको आँखामा पीडा र गर्वका आँशु छचल्किदा वातावरण भावनामय भएको थियो ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सी,
केन्द्रीय सदस्य पवन सी, धनुषा जिल्लाका पूर्व सचिव दिनेश सीलगायत नेताहरूको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।