३१ भाद्र २०८१, सोमबार

जीवनको दार्शनिकरण र दर्शनलाई जीवन प्रदान गर्न जरुरी छ : भरत सी

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले जीवनको दार्शनिकरण र जिवनलाई दर्शन प्रदान गर्न जरुरी रहेको बताएका छन् ।
दाङमा सञ्चालित पार्टीको राप्ती क्षेत्र स्तरीय माध्यामिक तहको स्कुलिङ कार्यक्रम उनले यस्तो बताएका हुन् ।

दर्शनशास्त्रका विषयमा स्कुलिङ दिइरहेका नेता भरतले आफ्नो स्कुलिङ समापन गर्ने सन्दर्भमा मंगलबार भने – ‘दर्शन विज्ञानहरुको पनि विज्ञान हो त्यसैले यसको विकास जरुरी छ । हामीले जीवनको दार्शनिकरण र दर्शनलाई जीवन प्रदान गरिरहनु पर्दछ ।’

उनले पुरानो कम्युनिस्ट स्कुलले लक्ष्य भेदन गर्न नसकेको समेत बताए ।

‘पुरानो स्कुलको सकारात्मक पक्ष कम्युनिस्ट जनमतको वृद्धि हुनु भएपनि यसले कम्युनिस्टहरुको लक्ष्य भेट्न सकेन छ ।’ उनले भने ‘नयाँ कम्युनिस्ट स्कुल वा एकीकृत जनक्रान्तिको स्कुल गतिशील, रचनात्मक र सिर्जनशिल छ । हामीले श्रम, अध्यन र अनुसन्धानलाई अगाडि बढाएका छौँ । नयाँ पुस्ताको अलगाव अहिलेपनि यसको नकारात्मक पक्ष हो ।’

नेता भरत सीले दर्शनशास्त्र अन्तर्गत दर्शनमा नेकपाको विकास, मार्क्सवादी दर्शनको रक्षा र विकास, मार्क्सवादी दर्शनको उदय, वैज्ञानिक ज्ञान प्राप्तिका विधिहरु, दर्शनमा लेनिन र माओका योगदानहरु, मालेमावादमा नेकपाको विकास, एकीकृत जनक्रान्तिको कार्यदिशा, एकीकृत जनक्रान्तिको विचारका आयामहरु , पुरानो / नयाँ कम्युनिस्ट स्कुलका सकारात्मक एवम नकारात्मक पक्षहरु लगाएतका विषयमा अध्यापन गराएका थिए ।

यस्तै नेकपा राप्ती क्षेत्रको ५ दिने माध्यामिक स्कुलिङ दंगिशरण गाउँपालिकाको चखौरामा आज चौथो दिनपनि निरन्तर चलिरहेको छ ।

स्कुलिङमा राजनीतिक अर्थशास्त्रको विषयमा स्कुलिङ विभाग प्रमुख भेषराज सी, समाज विज्ञानको विषयमा पार्टीका केन्द्रीय सदस्य असल सी, भौतिक विज्ञानको विषयमा पार्टीका केन्द्रीय सदस्य प्रयास सी र वैज्ञानिक समाजवादको विषयमा तिर्थ राइले स्कुलिङ प्रदान गरिरहेको नेकपा दाङका सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् ।

नेकपाका अनुसार ५ दिने स्कुलिङको भोलि बिहीबार औपचारिक ढंगले समापन गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।