३१ भाद्र २०८१, सोमबार

अ.ने.म. सङ्घ क्रान्तिकारी कास्कीको दोस्रो भेला सम्पन्न, सीता सीको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित

0

कास्की/ नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कास्की जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ ।
आज नेपाल छन्त्याल संघ कास्कीको सभाहलमा सम्पन्न भएको दोस्रो भेलाले सीता सीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी पोलिट ब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सीले वर्गीय मुक्ति नभएसम्म महिलाहरुको मुक्ति हुन नसक्ने बताएकी छन् । पुँजिवादले महिलालाई बिकाउ वस्तुको रुपमा प्रयोग गरेको बताउदै अबको समाधान समाजवाद भएको उनको भनाई थियो । हिजो जनयुद्दताका मुख्य मुद्दा रहेको महिला मुक्ति आज हराउदै गएको भन्दै उनले महिलाका मुद्दा उठाउने र मुक्तिको लागी आवाज उठाउने पार्टी नेकपा भएको ठाेकुवा समेत गरिन् ।

त्यस्तै पार्टी केन्द्रीय सदस्य तथा अ.ने.म. सङ्घ क्रान्तिकारीका केन्द्रीय महासचिव राज कुमारी सीले महिलाहरु आन्दोलनको अग्रभागमा देखिएपनि नेतृत्व कमजोर हुँदा विगतमा महिलाका मुद्दाहरु कमजोर भएको बताइन् । उनले नेपाली विशेषताको समाजवादले महिलाको भूमिकाबारे विशिष्टकृत गरेको भन्दै अब अन्तिम लडाईको लागी महिलाहरु गोलबद्द हुनुपर्ने बताइन् ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश कार्यालय सचिव बिकिरण सी, पार्टी केन्द्रीय सदस्य तथा अ.ने.म. सङ्घ क्रान्तिकारीका केन्द्रिय सचिव उषा सी, पार्टी केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज सुशिला सी, पार्टी केन्द्रीय प्रतिनिधि सदस्य सोममाया सी, पार्टी केन्द्रिय प्रतिनिधि सदस्यतथा कास्की जिल्ला सेक्रेटरी उमेश सी, पार्टी केन्द्रिय प्रतिनिधि सदस्य कुमार सी लगायतका नेताहरुको उपस्थितीिमा सम्पन्न कार्यक्रमको सन्चालन जिल्ला सदस्य निरुता सीले गरेकी थिइन् भने जिल्ला सदस्य मिना सीले स्वागत मन्तव्य राखेकी थिइन् ।
दोस्रो भेलाले सीता सीको अध्यक्षता मा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ जसको उपाध्यक्षमा मिना सी, सचिवमा चन्द्रकला सी, सह-सचिव विनिता सी, कोषाध्यक्षमा मनमाया सी रहेका छन् । यस्तै सदस्यहरुमा रुपा सी, स्वस्तीका सी, सीता सी, सदस्य बिष्णु सी, चिन्नु सी, सीता सी, अस्मीता सी, लक्ष्मी सीसहित पछि २ जना थप गर्नेगरी १३ जनाको समिति निर्वाचित गरेको हो । यस्तै भेलाले सल्लाहकार समिति पनि निर्वाचित गरेको छ । मोतीमाया पौडेल, राधिका सिंखडा, ओम कुमारी विक, राधा सापकोटा, सर्मिला लुईटेल, सम्झना क्षेत्री सल्लाहकारमा रहेका छन् ।
भेलाले महिला अधिकारको लागी सङ्घर्ष गर्ने तथा बहस र अन्तरक्रियाहरु अगाडि बढाउने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।