२९ बैशाख २०८२, सोमबार

‘नेपालको महिला आन्दोलन र समाजवाद’ विषयक अन्तरक्रिया सम्पन्न

0

काठमाडौँ – नेपालको महिला आन्दोलन र समाजवाद विषय अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार अखिल नेपाल महिला संघ क्रान्तिकारी, किँरात लिम्बुवान प्रदेशको आयोजनामा विराटनगरमा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता कमला सीको अध्यक्षता रहेको थियो भने केन्द्रीय अध्यक्ष बन्धु सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा कँरात लिम्बुवान प्रदेश इन्चार्ज दिपेस सी, अधिवक्ता कला त्रिताल र चन्द्रदेवि थापाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वक्ताका रुपमा अन्य नेपाली कांग्रेसबाट मन्जु ढकाल, एमालेबाट लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । उनीहरुले नेपालका महिला आन्दोलनको चर्चा गर्दै समाजवादमा महिलाका अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।