![](https://janapatrika.com/wp-content/uploads/2025/01/p4.jpg)
काठमाडौं/ शुक्रबारदेखि पोखरामा जारी अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैटौं पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सीकाे अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा पोखरामा सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णय गर्दै शनिबार साझ सम्पन्न गरेको हो ।
बैठकमा समाजवादका लागि महिलाहरूलाई व्यापक रूपमा गोलबन्द गरौं! संगठनमा जोडिदै आठौँ राष्ट्रिय सम्मेलनको तयारी गरौँ ! भन्ने मूल नाराका साथ सुरु भएको बैठकले महिलाहरुको राष्ट्रिय कार्यशाला गोष्ठी र ८ मार्च तथा अन्तर्राष्ट्रिय नारी दिवसलाई भब्य ढंगले सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी मङ्सिर भित्र राष्ट्रिय सम्मेलन समेत गर्ने निर्णय गरेको छ । साथै पार्टीको आगामी फाल्गुन २१ देखि झापाबाट शुरु हुने मेचीमहाकाली अभियानमा महिलाहरुको सक्रिय सहभागीता जनाउने बताएको छ ।
बैठकले प्रदेश र जिल्लाहरुका बैठकहरु सञ्चालन गर्ने,महिलाहरुका समस्याहरुमा सशक्त ढंगले मुद्दा उठान गर्ने,प्रकाशनलाई व्यवस्थित गराउने लगायतका निर्णय समेत गरेको छ ।
बैठकमा देशभरबाट उपस्थित भएका केन्द्रीय सदस्यले आ -आफ्नो कार्यक्षेत्रको राजनैतिक, वैचारिक, सांगठनिक, आर्थिक, उत्पादन, संघर्षका योजना कार्यान्वयन गर्दा पैदा भएका उपलब्धी समस्या, प्रभाव र प्रस्तावमाथि आफ्ना धारणा राखेका थिए भने त्यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन बैठक महत्त्वपूर्ण रहेको अध्यक्ष बन्धुले जनपत्रिकालाई बताइन् ।
बैठकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, नेकपा पोलिटब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सीको लगायतको आतिथ्यता रहेको थियोे ।