३ आश्विन २०८१, बिहीबार

मणिकुमार राईको सम्झनामा बेल्जियममा श्रद्धान्जली सभा सम्पन्न

0

२६ अगष्ट २०२४ सोमबारका दिन निधन भएका नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व मणिकुमार राईको सम्झनामा बेल्जियममा आइतबार श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम र नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख बहादुर गुरुङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्ष मेख गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योङहाङ, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ति मगर र गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटाले दिवंगत राईप्रति दीप प्रज्वलन गर्दै श्रद्धान्जली कार्यक्रमको उद्घाटन गरेका थिए ।

दिवंगत राईको सम्मानमा एक मिनेट मौनधारण गरि शुरु गरिएको कार्यक्रममा मोर्चा युरोपका अध्यक्ष बदन योङ्गहाङ्गले दिवंगत राईको जीवनी र उहाँले गर्नुभएका राजनैतिक र सामाजिक कामको चर्चा गरेका थिए । गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगर, एभरेष्ट नेपाली समाज ब्रुजका पूर्व अध्यक्ष दुर्गा सुवेदीले दिवंगत राईको सम्झना गर्दै श्रद्धान्जली मन्तव्य दिएका थिए ।

उक्त अवसरमा राईकी श्रीमती तथा नेपाल जनजाती महासंघ बेल्जियमकी उपाध्यक्ष मुना राईले श्रद्धान्जली सभामा उपस्थित सबैलाई धन्यवाद मन्तव्य दिएकी थिइन् । अध्यक्षले कार्यक्रम समापनसंगै दिवंगत राईको फोटोमा उपस्थित सबैले माल्यार्पण गरी श्रद्धान्जली व्यक्त गरेका थिए । बेल्जियमस्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमा सचिव रविन बान्तवा राईले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।