३१ भाद्र २०८१, सोमबार

नेकपा महासचिव विप्लवसङ्ग पूर्वगभर्नर रावलको भेटवार्ता

0

 

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसङ्ग पूर्वगभर्नर डाक्टर तिलक रावलले भेटघाट गरेका छन् । आइतबार ललितपुरको हरिसिद्दीस्थित महासचिव विप्लवको निवासमा गभर्नर रावलको विप्लवसङ्ग भेटवार्ता भएको हो ।

देशको परिस्थिति र आर्थिक स्थिति लगायतका विषयमा भेटवार्ताको क्रममा कुराकानी भएको थियो । कुराकानीको क्रममा पूर्वगभर्नर रावले देशको अर्थतन्त्र दिनप्रतिदिन नकारात्मक दिशामा धकेलिदै गएको, रेमिटेन्सको कारण विदेशी मुद्रा सञ्चितिको अवस्था बढेको देखिए पनि बैंकहरुमा पैसा थुप्रिदै जाने तर कर्जाको माग बढ्न नसकेको, आन्तरिक राजश्व लक्ष्यअनुसार उठ्न नसकेर चालू खर्चसमेत आन्तरिक श्रोतले धान्न नसक्ने अवस्था आउनु देशका लागि गम्भीर विषय भएको बताए ।

कुराकानीको क्रममा रावलले लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लयमा ल्याउन र भ्रष्टाचारविरुद्ध निर्ममतापूर्वक काम गर्न नेपाल कम्युनिस्ट पार्टीले प्रमुख एजेन्डा बनाएर अघि बढ्न सुझाव समेत राखेका थिए।

भेटवार्ताको क्रममा महासचिव विप्लवले अहिलेको आर्थिक बेथितिका पछाडि विद्यमान राजनीतिक प्रणाली अन्तरसम्बन्धित रहेको, आफुहरु उक्त समस्या समाधान गर्न संरचनागत रुपमा समेत परिवर्तन गर्न अगाडि बढिरहेको बताए । त्यस्तै महासचिव विप्लवले आफुहरु कृषि क्षेत्रमा सामुहिक ढङ्गले उत्पादनका कामलाई देशव्यापी सञ्चालन गरिरहेको, अब उद्योग र व्यापारका कामलाई अगाडि बढाउन आर्थिक मामलाका जानकारहरुको सुझाव लिन चाहेको उल्लेख गरेका थिए ।

देशको अस्थिरता, दलहरू र तिनका नेताहरूप्रति नागरिकको चरम असन्तुष्टि र अविश्वास, युवाहरूको बढ्दो विदेश पलायन लगायत आर्थिक र समसामयिक राजनीतिक परिस्थितिबारे समेत भेटवार्ताको क्रममा कुराकानी भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।