८ कार्तिक २०८१, बिहीबार

नेकपाका महासचिव विप्लवले आज देउखुरीमा सर्वपक्षीय भेटघाट गर्ने

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज देउखुरीमा सर्वपक्षीय भेटघाट गर्ने भएका छन् ।
आज बिहीबार महासचिव विप्लवले राप्ती गाउँपालिकामा सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

नेपाल कम्युनिस्ट पार्टी दाङले आयोजना गरेको ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास नयाँ नीति र नेतृत्व ’बिषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

कार्यक्रममा उपस्थितिका लागि पार्टी जिल्लाका सम्पुर्ण राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, पत्रकार एवम आम जनसमुदायलाई हार्दिक अपिल गरेको छ ।

पार्टीले आयोजना गरेको सर्वपक्षीय भेटघाटमा उपस्थित भइ पार्टीलाई महत्वपूर्ण सुझाव दिन पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले अनुरोध गरेका छन् ।

देश अत्यन्त संकटको भुमरीमा गोलचक्कर लगाइरहेको सन्दर्भमा अग्रगामी निकासको आवश्यकता गहिरोगरि बोध गरेको नेकपाको ठहर छ ।

नेकपाका महासचिव विप्लव हिजो नै सर्वपक्षीय भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न दाङ आइपुगेका हुन् ।

उनलाई गएराती राप्ती गाउँपालिका-२ का स्थानीय जनताले भव्य स्वागत समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।