२ कार्तिक २०८१, शुक्रबार

पत्रकार संगठनको बलियो एकताले मात्र साम्राज्यवादी षड्यन्त्र रोक्न सकिन्छ : विप्लव सी

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पत्रकार संगठन भित्रको बलियो एकताले मात्र साम्राज्यवादी षड्यन्त्र परास्त पार्न सकिने बताएका छन् ।
जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसंग ललितपुरको हरिसिद्धि स्थित निवासमा मंगलवार भएको भेटघाटपछि कुरा गर्दै नेकपाका महासचिव विप्लव सीले पत्रकार संगठनको बलियो एकताले मात्र साम्राज्यवादी षड्यन्त्र परास्त पार्न सकिने बताएका हुन् ।
महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट तथा अग्रगामी शक्तिहरु विरुद्ध साम्राज्यवादी षड्यन्त्र तिव्र रुपमा आएको खुलासा गरे ।
उनले भने ‘साम्राज्यवादी षड्यन्त्रले नेपालका कम्युनिष्टहरुको एकता हुन नदिने षड्यन्त्र गरेकाे छ, बजेटका विषयमा सरकार पक्ष र विपक्ष सांसदहरुको तिव्र विरोध गरेका छन्, सरकार ढाल्ने खेल चलिरहेको छ, यो सबै अमेरिकी र भारतीय साम्राज्यवादीहरुको षड्यन्त्र मौलाइरहेको छ । एमसीसी कार्यान्वयन गर्न बाध्य पारेर राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याइदै छ, यी तमाम षड्यन्त्र विरुद्ध पत्रकारहरुले कलमको माध्यमबाट पर्दाफास गर्न जरुरी छ ।’
महासचिव विप्लवले नेपालमा साम्राज्यवादीहरुले समाजवादी मोर्चा गठन गरेको कुरा मन नपरेको भन्दै सामाजवादी मोर्चा विघठन गराउने षड्यन्त्र समेत गर्न लागेको आरोप लगाए । उनले माओवादी कम्युनिष्टहरुको एकता विना साम्राज्यवादी षड्यन्त्र परास्त पारेर नेपाललाई समाजवाद तिर लिन नसकिने जिकिर गरे ।
उनले नेकपा र माओवादी केन्द्र बीचको एकताको विषयमा बोल्दै माओवादी भित्र सुविधाभोगीहरु पार्टी एकता नचाहने र क्रान्तिकारी इमान्दार नेता कार्यकर्ताहरु पार्टी एकता छिटो चाहने जस्तो देखिएको बताए ।
महासचिव विप्लवले पार्टीले दिएको प्रचार मोर्चाको जिम्मेवारी तथा कार्यभारलाई सबै जनपत्रकारहरुले विना संकोच ढुक्क भएर काम गर्न निर्देशन दिए ।
उनले भेटघाटका क्रममा जनपत्रकार संगठन नेपालको नविकरण गरिएको प्रमाणपत्र ग्रहण गर्दै लामो समयपछि संस्था नविकरण गरेकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।
महासचिव विप्लवले पार्टी तथा संगठनभित्र लागेका र असहमति भएका कुरा आन्तरिक कमिटिमा राख्ने अधिकार सबैको भएको भन्दै बाहिर नलिन सुझाव दिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।