३१ भाद्र २०८१, सोमबार

अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश दोस्रो अधिवेशन सम्पन्न, २१ सदस्यीय कमिटि निर्वाचित

0

गण्डकी । अखिल नेपाल शिक्षक संगठन, गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ५ सदस्य पछि थप गर्नेगरी राम प्रसाद गौतमको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लक्षीराम शर्माले शिक्षकहरुको हक र हितको लागी सङ्गठन सधै अग्रमोर्चामा लड्ने बताए । उनले देश विकासमा शिक्षकको भुमिका नजरअन्दाज भैरहेको बताउदै शिक्षकले राजननीति गर्न नहुने भन्दै उठेको मुद्दा शिक्षकका हक र अधिकार सुनिश्चित भएपछी मात्रै उठाउन आग्रह गर्दै हतारमा अपरिपक्व निर्णय गर्न नहुने बताए ।
यस्तै कार्यक्रममा बिशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य एव फ्याक्सन इन्चार्ज विकिरण सीले शिक्षक बौद्दिक वर्ग भएको र अबको समाजवादको बहस बौद्दिक वर्गले उठाउनुपर्ने मुख्य मुद्दा भएको बताए । उनले शिक्षकले देशका मुल आन्दोलनहरुमा खेलेको भुमिका स्मरणीय रहेको बताउदै आगामी दिनहरुमा पनि अझ सशक्त भुमिका खेल्न आग्रह गरे । उनले अबको शिक्षा विद्यार्थी पलायनता रोक्न र देशमा उत्पादनप्रति जागरुक गराउन केन्द्रीत गराउन शिक्षकहरुलाई आग्रह गरे ।
कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य एव तनहु जिल्ला ईन्चार्ज निशान सी, नेकपा बहुमतका केन्द्रीय सदस्य बिलास सी, अखिल नेपाल शिक्षक संगठन का सह – अध्यक्ष गुणाखर भट्टराई, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष एव शिक्षक महासघका केन्द्रीय सचिव केशव रेग्मी, अखिल नेपाल शिक्षक संगठन सचिव एवं शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य सुर्य प्रसाद घिमिरे, अखिल नेपाल शिक्षक संगठन सचिव हरीप्रसाद पौडेल, अखिल नेपाल शिक्षक संगठन प्रदेश महासचिव धुब्र सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
तनहुको बन्दीपुरमा सम्पन्न भेलाले रामप्रसाद गौतमको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटि सर्वसम्मतले निर्वाचित भएको छ । जसको सह-अध्यक्षमा मीना घिमिरे, महिला उपाध्यक्षमा राम कुमारी मर्दैरियर, उपाध्यक्षमा नारायण जिसी,
उपाध्यक्षमा कविन्द्र सिहुतानी, महासचिव हेमलाल घिमिरे,
अर्थ उपमहासचिव विनोद पाण्डे, उपमहासचिव शिव लाल, बराली, महिला सचिव ईश्वरी गहतराज, सदस्यमा विनोद सेन्चुरी,कृष्ण वि.क., कल्पना सुनार, टंक पौडेल, सन्तोष गिरी, बन्धुराज पौडेल, राजु घिमिरे लगायत रहेका छ्न् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।