११ श्रावण २०८१, शनिबार

कञ्चनपुरका भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन नगरी नहटाउन नेकपाको माग

0

कञ्चनपुर: कञ्चनपुरमा वर्षौंदेखि बसोबास गर्दै आइरहेका भूमिहीन सुकुम्बासी बस्तीलाई वैकल्पिक व्यवस्था नगरी नहटाउन नेकपा कञ्चनपुरले माग गरेको छ । मंगलबार नेकपाको नेतृत्वमा सुकुम्बासी संघर्ष समितिले विरोध प्रदर्शन गर्दै भूमिहीन सुकुम्बासीलाई अर्को व्यवस्था नगरी बस्ती हटाउन नदिने जनाएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा बस्दै आएका भूमिहीन सुकुम्बासीसहितको सहभागितामा हिजो महेन्द्रनगर बजारमा विरोध प्रदर्शन तथा खबरदारी गरिएको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले बताएका छन् । उनले भने , “सरकारी संयन्त्रले सरोकारवालाको सहभागिता विना एकतर्फी ढंगले वर्षौं देखि बस्दै आएका सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि सुकुम्बासी संघर्ष समितिले आज ध्यानाकर्षण अनुरूप विरोध जनाएको छ ।” सुकुम्बासी बस्तीका सम्बन्धमा सत्यतथ्य छानबिन गरी राज्यद्वारा अलपत्र पारिएका सम्पूर्ण भुमिहिन सुकुम्बासी, आरक्ष पीडित, बाढी पीडित र अव्यवस्थित बसोबास गरिरहेका नागरिकको छिटो भन्दा छिटो समस्या समाधान गर्न पार्टीको माग रहेको नेकपा नेता विराटले बताए ।

अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने गृहमन्त्रालयको पत्र पश्चात केहीदिन अघि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय र अन्य राजनीतिक दलले अतिक्रमित जमीनमा रहेका बस्ती हटाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।