१० श्रावण २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा विप्लव पुगे एकाबिहानै ललितपुर हरिसिद्धीमा गहुँ काट्न

0

काठमाडौं/ आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । दिवस संगै सरकारले आज सार्वजनिक विदा समेत घोषणा गरेको छ । यता श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ललितपुरस्थित हरिसिद्धीमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर दिवसको सन्देश दिएका छन् ।
हुन त विप्लव खेतीपाती र कृषि कर्ममा व्यस्त भइरहने नेताको रुपमा स्थापित छन् । पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देश दिइरहेका विप्लवले श्रमिक दिवसको अवसरमा नेपाल तथा विश्वभरिका श्रमिकहरुलाई शुभकामना दिएका छन् ।
विप्लवले विश्वमा श्रमिकहरुको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुजीपति वर्गविचको खाडल सांघुरो बनाउदै लैजानुपर्ने बताए ।
विप्लवले पुजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।
हरिसिद्धीमा अहिले पार्टी निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताले गहुँ काटिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।