१० श्रावण २०८१, शुक्रबार

अखिल (समाजवादी) ले सहिद मित्रमणी आचार्यको हत्या गरेको ठाउँमै गएर स्मृति दिवस मनायो

0

अखिल (समाजवादी) ले  मित्रमणी आचार्यको ३९ औ स्मृति दिवस मनाएको छ । मङ्गलबार  स्मृति दिवसको अवसर पारेर सहिद मित्रमणी आचार्यको हत्या भएको स्थानमा चितवनको पर्साढापमा नै गएर कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा समाजवादीले  मित्रमणी माथी भएको आक्रमणको प्रतिरोध गर्ने दुई जना ज्युदो सहिदहरुलाई सम्मान गरेको थियो ।

अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सन्देश सी, केन्द्रिय सदस्य उत्सव सी, प्रतिनिधि समिति सदस्यहरु मीन प्रसाद, रुद्र सी, भरत सी, भरतपुर महानगर वडा नं.२६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनाल, तत्कालीन घटनामा निर्घात कुटिनुभएका विजय भुजेल, मधु गुरुङ राष्ट्रिय जनमोर्चाका नेता कृष्ण केसी, नेकपा माओवादी केन्द्रका २५ नम्बर वडा अध्यक्ष राजु भुसाल  लगायतको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा वक्ताहरु सबैले मित्रमणी आचार्यले बाेकेको विचार आम श्रमजीवि वर्गको पक्षमा रहेको बताउदै आचार्यले बाेकेको विचारलाई मर्न नदिन दृढतापूर्वक लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा पोलिटब्युरो सदस्य सन्देश सीले नेकपाले मित्रमणीको शालिकसहितको बहुउद्देश्यीय पार्क निर्माण गर्ने प्रतिबद्धता गरे । उनले मित्रमणी लगायतको सहिदको इतिहासलाई लिपिबद्ध गरेर नयाँ पुस्तालाई भन्न पर्ने र पढाउनुपर्ने बताए ।

‘देशको अग्रगामी परिवर्तनमा आचार्यको भूमिका मत्वपूर्ण छ भन्दै उनले भने, ‘परिवर्तनकारी शक्तिहरुका लागि मित्रमणी जस्ता महान शहिदहरुको बलिदानीले शक्ति र प्रेरणा दिइरहने छ ।’
अग्रगामी परिवर्तनमा आचार्यको हत्याले क्षति पुर्याएको बताउदै उनले राज्यसत्ताको दुरुपयोग गर्दै राजनैतिक आवरणबाट आचार्यको हत्या भएको समेत बताएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष ज्ञान प्रसाद खनालले यो महत्त्वपूर्ण कार्यक्रमको लागि अखिल (समाजवादी) लाई धन्यवाद दिए ।

मित्रमणीका सहयात्री विजय भुजेलले मित्रमणीकाे आवाजलाई सहन नसकि काङ्ग्रेसहरुले  आचार्यको हत्या गरेको उल्लेख गर्दै मित्रमणीको विचार मर्न नदिने संकल्पमा सबै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले आचार्यले कम्यूनिष्ट विद्यार्थी आन्दोलनमा दिएको योगदानको वसषयमा समेत चर्चा गरेका थिए । 

कार्यक्रमको अध्यक्ष तथा अखिल (समाजवादी) का केन्द्रिय सचिव अटलले मित्रमणीको सपना वैज्ञानिक समाजवादी शिक्षा भएको भन्दै आफ्नो सङ्गठनले त्यो पूरा गर्ने प्रतिबद्धता जनाए ।

२०१९ सालमा प्यूठान रम्दी २ तिघ्रामा जन्मिएका आचार्य २०४२ साल वैशाख १८ गते चितवनको मेघौली पर्साढापमा हुने अभिभावक भेलामा जाने क्रममा बिचमै हतियारधारी समुहले हत्या गरेको थियो । 

तत्कालिन अखिल (छैठौं) का केन्द्रिय सदस्य रहेका आचार्य प्रगतिशिल प्यानलबाट कृषि तथा पशु विज्ञान संस्थान रामपुरको स्ववियू सभापति थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।