२३ भाद्र २०८२, सोमबार

अखिल (समाजवादी) नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम सम्मेलन सम्पन्न, ५१ सदस्यीय इकाई समिति निर्वाचित

0

चितवन । अखिल (समाजवादी) नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुरज सीको अध्यक्षतामा ५१ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ ।

आज भएको सम्मेलनमा शिक्षालयका विभिन्न संकायका सयौँ विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन सेक्रेटरी रुद्र सीले विद्यार्थीहरूमा राजनीतिक चेतना हुनुपर्नेमा जोड दिए ।
उनले भने, “विद्यार्थीहरू समस्यामा छन् तर सरकारले आवश्यक सुविधा दिन सकेको छैन । यही कारण विद्यार्थी पलायन भइरहेको छ । यो अवस्थालाई रोक्न समान, व्यवहारिक र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली निर्माण अनिवार्य छ ।”

त्यस्तै, अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले विद्यार्थी आन्दोलनलाई ऐतिहासिक रूपले सबै जनआन्दोलनको प्रेरक शक्ति भएको बताए ।
उनलेे भने, “यो उमेर उर्जाले भरिएको उमेर हो । त्यसैले हरेक विद्यार्थी क्रान्तिकारी हिरो बन्नुपर्छ । आज नेपालमा भएका समस्याविरुद्ध लड्ने मोर्चाको अग्रपंक्तिमा विद्यार्थीहरू उभिनुपर्छ ।”

नेकपाका नेता भरत सीले विद्यार्थीहरूको पक्षमा पार्टी सधैं उभिने बताए । अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य लोकेश सीले शिक्षालयभित्रका समस्या विरुद्ध लड्ने एकमात्र संगठन अखिल (समाजवादी) भएको उल्लेख गरे ।

कार्यक्रममा स्वागत आदित्य सीले गरेका थिए भने साङ्गठनिक प्रस्ताव सुदिप सीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सौगात सीले गरेका थिए ।

जिल्ला सेक्रेटरी रुद्र सी प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिहरू मध्य अटल सी, भरत सी, लोकेश सी, सुदिप सी, पारस सी, सौगात सी, दिपेश सीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा निर्वाचित समिति सदस्यहरूलाई अविर लगाएर शुभकामना र बधाई दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।