
कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले जिल्ला कारागार कालिकोटका कैदी बन्दीहरुलाई खेलकुद सामाग्री र फलफूल हस्तान्तरण गरेको छ ।
शुक्रबार नेकपाका केन्द्रीय सदस्य डिआर सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तुफान सी र खाँडाचक्र नगर सेक्रेटरी सरल सीले कारागारका जेलर मान बहादुर विकमार्फत खेलकुद सामग्री र फलफूल हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण सुयल, प्रहरी प्रमुख टेक बहादुर रावत र सशस्त्र प्रहरी बल कालिकोटका प्रमुखको पनि सहभागिता रहेको थियो । नेकपाका नेताहरुले कैदी बन्दीहरुसंग भेटघाट समेत गर्दै उनीहरुको अवस्थाको बारेमा पनि जानकारी लिएका छन् ।
नेकपाका नेताहरुले कारागारका कैदी बन्दीहरुलाई भलिबल, नेट लगायतका खेलकुद सामग्री र फलफूल हस्तान्तरण गरेको जनाएका छन् ।
जिल्ला कारागारमा ३८ जना पुरुष र ४ जना महिला गरी कुल ४२ जना कैदी बन्दीहरु रहेको जिल्ला कारागरका जेलर मानबहादुर विकले जानकारी दिए ।
कैदी बन्दी भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण सुयलले नेकपाकाे यस कार्यकाे लागि धन्यवाद दिए ।
नेकपाका केन्द्रीय सदस्य डिआर सीले कैदी बन्दीहरुलाई मनोरञ्जन प्रदान गर्न खेलकुद सामग्री हस्तान्तरण गरिएको बताए ।
उनले भने, ‘कुनै पनि व्यक्ति आफ्नो घर परिवार र समाजबाट सम्मान र उच्च हैसियत चाहन्छ, एक पटक जानअन्जान वा परिबन्दमा पनि गैरकानुनी कार्यमा संलग्न भएको हुन सक्छ ।’ नेता डिआर सीले सजाय भोगेर फर्कदा उसको आनीबानीमा सुधार आउन सक्छ कारागार भनेको सुधार गृह भएकाले यहाँबाट सुदृढ भइ समाजको लागि केही गर्न कैदी बन्दीलाई सुझाव दिए ।
उनले यो अवसर प्रदान गर्ने जेलर विक लगायत प्रशासन टिमलाई धन्यवाद दिए ।