२२ भाद्र २०८१, शनिबार

नेकपा लुम्बिनी प्रदेशका इन्चार्ज सन्तोष सीद्वारा धान रोपाईको उद्घाटन

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले बुधबार ३ विगाह जमिनमा धान रोपाईको उद्घाटन गरेका छन् ।

नेकपाको लुम्बिनी प्रदेश पार्टीले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ११ मा तयारी गरेको ३ बिगाह जमिनमा प्रदेश इन्चार्ज सन्तोषले धान रोपाइँको उद्घाटन गरेका हुन् ।
रोपाईको उद्घाटनमा प्रदेश इन्चार्ज सन्तोष सीले श्रम र उत्पादन क्रान्ति विना समाजवादी व्यवस्था नआउने र आएपनि नटिक्ने जिकिर गरे ।
उनले नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउन पार्टी उत्पादनमा लागेको दाबी गरे । उत्पादनमा नजोडिएको कुनै पनि पार्टी र नेता कम्युनिष्ट पार्टी र नेता हुन सक्दैनन् उनले भने ।
पार्टीको केन्द्रीय नीति अन्तर्गत श्रमलाई सम्मान गरौं ! श्रम संस्कृतिको निर्माण गरौं !!– भन्ने मूल नाराका साथ नेकपा लुम्बिनी प्रदेशले धान रोपाईको बुधवारबाट सुरु गरेको हो ।
नेकपाले आत्मनिर्भर पार्टी,नेता र कार्यकर्ताको नीतिलाई देशभर लागु गर्ने क्रममा उत्पादनका कामहरु देशभर गरिरहेको छ । पार्टीले एकीकृत उत्पादन प्रणाली मात्र अबको समाजवादी व्यवस्थाको उत्पादन पद्धति हुने दाबी गरेको छ ।
धान रोपाईको उद्घाटनमा नेकपाका लुम्बिनी प्रदेश उत्पादन बिभाग प्रमुख तथा पिविएम संजिव सी, नेकपाका कपिलवस्तु जिल्ला इन्चार्ज तथा पार्टी सीसीएम संगम सी, सीसीएम सुनिल सी, कपिलवस्तु जिल्ला सचिव पावेल सी, केन्द्रीय प्रतिनिधि सदस्य दिपक सी, सुस्मा सी र सागर सीको सहभागिता रहेको छ । धान रोपाईमा प्रदेश इन्चार्ज सन्तोष सी देखि सवै तहका नेता तथा कार्यकर्ताहरु लागेका छन । नेकपा नेता कार्यकर्ताहरु अहिले कोही बिउ निकालिरहका छन् भने कोही रोपाईमा व्यस्त छन् ।
नेकपाले राजनीतिक वैचारिक कामसङ्गै उत्पादन र श्रम संस्कृतिलाई पनि एकैसाथ लिइरहेको छ । पार्टीले देशभर उत्पादनको काममा लाग्न नेता तथा कार्यकताका लागि असार १० गतेदेखि असार अन्तिमसम्म करिब २० दिन विदा समेत दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।