३१ भाद्र २०८१, सोमबार

समाजवादी मोर्चाद्वार विपदजन्य घटनाको तिव्र उद्धार र जीवन गुमाएका परिवारलाई राहतको व्यवस्था गर्न विशेष माग

0

काठमाडौं/ समाजवादी मोर्चा, नेपालले विगत केही दिनदेखि देशव्यापी रुपमा भइराखेको अविरल वर्षाका कारण प्राकतिक प्रकोपका घटनामा परेकाहरुकाे  तिव्र उद्धार, अव्यवस्थित बस्ती एवं जोखिममा परेका जनताको पुर्नवासको व्यवस्था, जीवन गुमाउनेहरुका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निशुल्क उपचारको यथासक्य प्रबन्ध गर्न नेपाल सरकारसँग विशेष माग गरेको छ ।
समाजवादी मोर्चा, नेपालका संयाेजक विप्लव सीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
प्राकतिक प्रकोपका कारण हुन पुगेको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै प्राकतिक प्रकोपका घटनामा परि मृत्युवरण गर्नुहुने सबै नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले मृतकका आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

विज्ञप्तिकाे पूरा पाठ-

विगत केही दिनदेखि देशव्यापी रुपमा भइराखेको अविरल वर्षाका कारण चितवनको सिमलताल, कास्की, स्याङजा, तनहुँ, दाङ, कंचनपर लगायत देशका विभिन्न भागमा वाढीपहिरो, डुवान, चट्याङ र कटानका कारण ठुलो संख्यामा जनधनको क्षति हुन पुगेको छ । देश र जनताको जीवनका निम्ति यो अपुरणीय क्षति हो ।  प्राकतिक प्रकोपका कारण हुनपुगेको क्षति प्रति समाजवादी मोर्चा, नेपाल गहिरो दुख व्यक्त गर्दछ । उपरोक्त घटनामा परि मृत्युवरण गर्नुहुने सवै नागरिकहरुप्रति समाजवादी मोर्चा, नेपाल भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । मृतकका आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
विपद्को यस दुखद घडीमा उद्धारकार्य जारी भएका घटनाको तिव्रतामा उद्धार, अव्यवस्थित बस्ती एवं जोखिममा परेका जनताको पुर्नवासको व्यवस्था, जीवन गुमाउनेहरुका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निशुल्क उपचारको यथासक्य प्रवन्ध गर्न नेपाल सरकारसंग समाजवादी मोर्चा, नेपाल विशेष माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।