२९ बैशाख २०८१, शनिबार

समाजवादी माेर्चा प्रकाशन विभागकाे बैठकले के के निर्णय गर्याे ?

0

चार पार्टी सम्बद्ध समाजवादी माेर्चा, नेपालकाे प्रकाशन विभागकाे पहिलाे बैठक नेकपाकाे केन्द्रीय कार्यालय बुद्धनगरमा बुधबार सम्पन्न भएको छ ।

नेकपाका महासचिव तथा माेर्चाका संयाेजक समेत रहेका विप्लव सीकाे प्रमुख आतिथ्यमा सम्पन्न बैठकले माेर्चाकाे मुखपत्र `’समाजवादी माेर्चा’ प्रकाशित गर्नेबारे ठाेस नीति – विधि तयार गरेकाे छ । प्रकाशन विभागकाे दाेस्राे बैठक २१ फागुन, साेमबार नेकपाकाे केन्द्रीय कार्यालय बुद्धनगरमा बस्नेछ ।

बुधबार सम्पन्न बैठकमा नेकपाका स्थायी समिति सदस्य अनिल सी, नेकपा (माके) का महेश्वर दाहाल, नेकपा (एस) का जगन्नाथ खतिवडा र जसपाका नेता पूर्ण बस्नेत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।