१७ बैशाख २०८१, सोमबार

विप्लव नेतृत्वमा आएपछि समाजवादी मोर्चाले लियो गति

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी समाजवादी मोर्चा नेपालको नेतृत्वमा आएपछि मोर्चाले गति लिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा विप्लवको अध्यक्षमा बसेको बैठकले विभिन्न ४ निर्णय गर्दै मोर्चालाई गतिशील बनाएको छ ।

निर्णयको पहिलो बुँदामा चैत २० गते काठमाडौँमा नेपाली विशेषताको समाजवादको स्वरूप र त्यसको प्राप्तिको विषयमा विचार गोष्ठि हुनेछ । त्यसैगरी मोर्चाको प्रकाशन विभागले ‘समाजवादी, मोर्चा’ नामक मुखपत्र प्रकाशित गर्नेछ । यो कृति लेनिन दिवस तथा नेकपा स्थापना दिवसको अवसरमा सार्वजनिक हुने निर्णय भएको नेकपा प्रवक्ता प्रकाण्ड सीले जानकारी दिएका छन् ।

आसन्न उपनिर्वाचनमा वामपन्थी र प्रगतिशील शक्तिको पकड कायम गर्न सरोकारवालाहरुबिच विमर्श गरिनेसमेत निर्णय भएको छ । त्यसैगरी समाजवादी मोर्चामा नेकपा (एमाले) को सकारात्मक दृष्टिकोण रहेको कारण समाजवादी मोर्चाले एमालेसँग औपचारिक वार्ता गर्ने निर्णय पनि गरेको छ ।

नेकपाका महासचिव विप्लव मोर्चाको नेतृत्व गर्नासाथ एकातिर माेर्चा सक्रिय भएको छ भने वामपन्थी शक्तिहरुबिच ध्रुवीकरण तिब्र भएको छ। नेकपाका प्रवक्ता प्रकाण्ड सीले दिनुभएको जानकारी अनुसार बैठकमा सबै शिर्ष नेताहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।