
बागलुङ । वर्तमान राजनैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
आज धौलागिरी ब्युरो अन्तर्गत बागलुङ जिल्लाको बागलुङ नगरपालिका १२ अमलाचौरमा कार्यक्रम सम्पन्न भएको हो ।
नेकपाका दल बहादुर सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा, देवेन्द्र ढकाल, नेकपा एमाले नगर सदस्य झलक आचार्य, माओवादी केन्द्रका प्रमानन्द पौडेल, रास्वपा सचिव सुर्य ढकाल, समाजवादी माेर्चा नगर सदस्य भोजराज आचार्य, शिक्षक होमलाल शर्माले टिप्पणी गरेका थिए ।
नेकपाका धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीले प्रस्तुत गरेको आधारपत्रमाथि विभिन्न पार्टीका प्रमुखहरुले टिप्पणी गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पिबिएम विकिरण सीले अहिलेको समस्याको निकास भनेको नेपाली विशेषताको समाजवाद भएको बताए । उनलेे नेपालको वर्तमान राजनीतिक संकट आउनुको मुख्य कारण दलाल पुजीवादी सत्ता
भएकाले यसको अन्त्य गरेर आजको नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने दायित्व भएकाले सबै वामपन्थी, कम्युनिस्टहरु, लोकतान्त्रिक गणतन्त्रवादीहरु, देशभक्त र समाजवादीहरु जुट्नुको विकल्प नभएको बताए । दलाल पुँजिवादकाे अन्त्य नभएसम्म नेपालकाे राष्ट्रिय स्वाधिनता र देशकाे समृद्धि नहुने समेत बताए । समाजवादमा मात्र सम्भव भएकाेले सम्पूर्ण वामपन्थीहरू नेपाली विशेषताकाे समाजवाद ल्याउन महत्वपुर्ण भूमिका खेल्न आव्हान गरे ।
अतिथिहरुमा नेपाली काङ्ग्रेस वडा नं. १२ वडा अध्यक्ष कोपिला मनि शर्मा लगायत सम्पुर्ण टिप्पणीकार सहितको उपस्थिति भएको कार्यक्रमको संचालन नगर सेक्रेटरी निशान सीले गरेका थिए ।