१ जेष्ठ २०८१, मंगलवार

वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तर्क्रिया सिन्धुलीमा सम्पन्न

0

सिन्धुली । वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सिन्धुलीमा सम्पन्न भएको छ ।
सोमबार पश्चिम जनकपुर व्युरो अन्तर्गत सिन्धुली जिल्लाको मरेनी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा सिन्धुलीको जिल्ला इन्चार्ज शशी सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि नेकपाका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज तथा नेकपा पिबिएम आजाद सी, अतिथिहरु पश्चिम जनकपुर व्युरो इन्चार्ज जुझारु सी, नेकपा माओवादी केन्द्रका उद्वव पन्त, नेकपा एकिकृत समाजवादका केन्द्रिय परिषद सदस्य छत्र लाखे तथा विभिन्न पार्टीका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

नेकपा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज तथा पिबिएम आजाद सीले अहिलेको निकास भनेको नेपाली समाजवादको विशेषता भएको बताए । अहिलेको नेपाली परिवेशमा सबै वामपन्थी शक्तिहरु एकजुट भएर लाग्नुपर्ने र दलाल पुजीवादी संसदीय व्यवस्थाको कारण नेपालमा दलाल भ्रष्टाचार बढिरहेकोले यसको हल भनेकै नेपाली समाजवादको विशेषता भएको दाबी गरे । उनलेे भने, ‘हामीले नेपालमा समाजवाद ल्याउनुपर्छ र हजारौं शहिदहरुको सपनालाई पूरा गर्नका लागि पनि नेपालमा समाजवादको विशेष महत्व रहेको छ भनेका छाैँ ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सीले वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद कसरी सम्भव छ भन्ने बारे प्रष्ट पारेका थिए । अहिलेको परिस्थितिमा दलाल पुजीवादी संसदीय व्यवस्था भएको र यसको हल नेपाली विशेषताको समाजवादले मात्रै दिने जिकिर गरेका थिए । जनताको चाहना के हो, दलाल पुजीवादको अवस्था के भो, वामपन्थी, गणतन्त्रवादी देशभक्ति र मध्यम वर्गको प्रभाव, पुजीवादीको चरित्रको अध्ययन गरि यसको समाधान भनेकै नेपाली समाजवाद हो भन्ने कुरामा जिकिर गरे ।

त्यसैगरी अन्य वक्ताहरुले पनि नेपालमा दलाल संसदिय व्यवस्थाको कारण नेपालमा भ्रष्टाचार हाबी भएकोले समाजवाद ल्याउनको लागि सबै क्रान्तिकारी शक्तिहरु एकजुट भएर नेपालमा समाजवाद ल्याउने सकिनेमा जोड दिएका थिए ।
कार्यक्रम नेकपा पश्चिम जिल्ला सेक्रेटरी जनक सीको सन्चालन तथा स्वागत मन्तव्य अखिल (समाजवादी) का केन्द्रिय सदस्य सुधा सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।