२ जेष्ठ २०८१, बुधबार

कारागारमा रहेका नेकपाका ४ जना कार्यकर्तालाई रिहा गर्न अदालतको आदेश

0

काठमाडौं – राजनीतिक रूपमा बन्दी बनाइएका नेकपाका चार जना कार्यकर्तालाई अदालतले सफाई दिएको छ । सोमबार ललितपुर जिल्ला अदालतले दावि नपुग्ने भन्दै विप्लव नेतृत्वको नेकपा चार जना कार्यकतालाई सफाई दिएको हो ।

सोमबार जिल्ला अदालत ललितपुरको ५ नम्बर इजलासले सुर्य भुजेल, रामकृण खतिवडा, शिव धिमाल र दोर्जे शेर्पालाई रिहा गर्न आदेश दिएको हो । विष्फोटक पदार्थ (वम) विष्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको अपराध, विध्वन्सात्मक कार्य, सङ्गठित अपराध गरेको भन्दै नेपाल प्रहरीको प्रतिवेदनका आधारमा सरकारले मुद्धा दायर गरेको थियो ।

उक्त मुद्धामा चार जनाको दावि नपुग्ने तथा राजनीतिक मुद्धा भएको भन्दै न्यायाधीश रिताकुमारी बर्खेलको इजलासले सफाई दिएको हो । सोही इजलासले विरबहादुर कठायत (जुम्ली) र डिकेन्द्र राईलाई दोषी ठहर गरेको छ । उनीहरुलाई अर्को इजलासले सजाय तोक्ने गरी फैसला भएको अधिवक्ता चिरन्जीवि ढकालले बताए ।

अदालतले नेता हेमन्तप्रकाश ओलीलाई पनि दोषी ठहर गरेको छ । उनको सजाय पनि अर्को इजलासले तोक्ने छ । सफाई पाएका ४ जना आजै रिहा हुने अधिवक्ता ढकालको भनाई छ । उनीहरुलाई एनसेलको केन्द्रीय कार्यालयमा भएको वम विस्फोटको विषयलाई लिएर सरकारले २०७७ साल फागुन ५ गते अदालतमा मुद्धा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।