
अछाम/ नेपाल कम्युनिस्ट पार्टी अछामका नेता तिलक सी `विकास´रिहा भएका छन् । जिल्लाको कालागाउँबाट ४ दिनअघि पक्राउ परेका उनी आज रिहा भएका हुन् ।
स्ववियु निर्वाचनको क्रममा अन्नपूर्ण क्याम्पस कालागाउँमा पुगेका उनलाई नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको बेला राज्यद्वारा लगाइएका राजनीतिक मुद्दाहरुको आधारमा पक्राउ गरिएको बताइएको थियो ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमति अनुसार मुद्दाहरुको खारेजी र बन्दीहरुको रिहाई गर्ने भनि लिखित सहमति भएको भएपनि अझै देशका विभिन्न ठाँउमा नेकपा सम्बद्ध नेताकार्यकर्ताहरु विरुद्ध लगाइएका मुद्दा खारेज प्रक्रिया पूरा भएको छैन भने १ दर्जन बढी कार्यकर्ताहरु जेल हिरासतमा रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्