३ आश्विन २०८१, बिहीबार

२ वर्षपछि रिहा भएका विहारी सीलाई नेकपा धनुषाद्वारा स्वागत तथा अभिनन्दन

0

नेपाल कम्युनिस्ट पार्टी धनुषा जिल्ला समितिले केन्द्रिय कारावास सुन्धाराबाट आसार १९ गते रिहा भएका विहारी सीलाई स्वागत तथा अभिनन्दन गरेको छ ।

२०७९ वैशाख १५ गते नेपाल सरकारको झुठ्ठा मुद्धामा पक्राउ परेका विहारी सिन्धुली कारावास हुँदै काठमाडाैँ केन्द्रिय कारावास सुन्धारामा रहेका विहारी यही असार १८ गते धनुषा जिल्ला अदालतको पेश्कीले सफाई दिदाँ आसार १९ गते कारावास रिहाई भएका हुन् ।
स्वागत तथा अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि पार्टी पिबिएम देवनारायण सी, केन्द्रिय प्रतिनिधि बिमल सी, पार्टी डिसिएम गौरी सी, दिपेन्द्र सी, रामजी सी अखिल (समाजवादी) जिल्ला अध्यक्ष रमन सी लगायतको सहभागिता थियो ।
कार्यक्रममा बाेल्दै पिबिएम देवनारायण सीले विहारी सीले दलाल पुँजिवादी संसदीय सरकारको झुठ्ठा मुद्धालाई छिचोल्दै लामो कारावास मोर्चाको संघर्षलाई साहसीपूर्वक जितेर आएकाेमा बधा्ई दिए ।
दुश्मनको किल्लालाई कमजोर बनाई एकिकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि बढाउन र वैज्ञानिक समाजवादी व्यवस्था कायम गर्न कम्यूनिष्ट योद्धाहरुलाई जति पिडा र दुःख, यातना दिएपनि दुश्मनको अगाडि नझुकिकन अघि बढिरहन्छ भन्दै पार्टीमा आवद्ध हुन आम शोषित पीडित उत्पीडित जनतालाई आह्वान गरे ।
कार्यक्रमकाे संचालन पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य तिलक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।